कपिलवस्तुका एक गाविस सचिवलाई विभागीय कारबाहीको निर्देशन
इनेप्लिज
२०७१ पुष ३० गते ८:३९ मा प्रकाशित
तौलिहवा (कपिलवस्तु), ३० पुस । नियम मिचेर काम गरेको आरोपमा कपिलवस्तु प्रशासनले एक गाविस सचिवलाई कारबाही गर्न निर्देशन दिएको छ ।
प्रशासनले गाउँमै गर्नुपर्ने गाविस परिषदको बैठक सदरमुकाममा गरेपछि बिजुवा गाविसका सचिव अयोध्याप्रसाद विश्वकर्मालाई विभागीय कारबाहीको निर्देशन दिएको हो ।
सरकार र जिविसको निर्देशन अवज्ञा गर्दै गत पुस २७ गते स्थानीय राजनीतिक दलको सहमतिमा गाविस परिषद् सञ्चालन गरेपछि ती गाविस सचिवलाई विभागीय कारबाही गर्न प्रशासनले जिविसलाई निर्देशन दिएको हो ।
यता गाविस सचिव विश्वकर्माले स्थानीय राजनीतिक दलको सहमतिबाट सो परिषद् तौलिहवामा सञ्चालन गरेको दाबी गर्नुभएको छ ।
बिजुवा र कजराहवा गाविसको कार्यभार सम्हाल्दै आएका सचिव विश्वकर्माले लामो समयदेखि तौलिहवामै कार्यालय सञ्चालन गर्दै आउनुभएको थियो ।
सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता सम्बन्धि अनुरोध ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
प्रतिक्रिया