नौ फरार अपराधी पक्राउ
इनेप्लिज
२०७१ पुष ३० गते ८:३७ मा प्रकाशित
तुलसीपुर (दाङ), ३० पुस । राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले फरार नौजना अपराधीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत दाङ र जिल्ला अदालत प्यूठानले विभिन्न मुद्दा तथा अपराधमा संलग्न ती व्यक्तिलाई विभिन्न मितिमा कैद र जरिवाना तोकिए पनि उनीहरु फरार थिए ।
राप्ती अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेयले मातहतका निकायसँगको सहयोग र सहकार्यमा ती भगुवा अपराधीलाई दाङलगायत अन्य स्थानबाट केही समययता पक्राउ गरिएको बताउनुभयो ।
पक्राउ पर्नेमा जबर्जस्ती करणीको मुद्दामा फरार रहेका दाङकै गोविन्द सुनार र सन्तोष चौधरी तथा लेनदेन मुद्दाका केशरबहादुर बुढालगायत छन् ।
चालु आर्थिक वर्षको अहिलेसम्म राप्तीको दाङमा २५, रुकुममा ३३, रोल्पामा १५, सल्यानमा १२ र प्यूठानमा ११ अपराधी अझै भगुवाको सूचीमा रहेको राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया