तस्करीको ‘पारवहन नाका’ बन्दै उत्तरी गोरखा
गोरखा, ३० पुस । सडक सञ्जाल नपुगेको उत्तरी गोरखा पछिल्लो समय तस्करीको ‘पारवहन नाका’ बन्दै गएको छ ।
सिर्दिवासमा रहेको लार्के भन्सार कार्यालयले काम नगर्दा उत्तरी गोरखा तस्करका लागि सजिलो नाका बन्दै गएको हो ।
सिमानामा भन्सार कार्यालय तथा सुरक्षा चौकी नहुँदा तिब्बत हँुदै प्रतिबन्धित वन्यजन्तुको छाला, हड्डी, जडीबुटी, तिब्बती सिक्का तथा तिब्बती शरणार्थी ओसारपसार र आवतजावत गर्ने ‘पारवहन नाका’ बनेको स्थानीय बासिन्दाले बताएका छन् ।
नेपालका विभिन्न सहर र भारतबाट यो नाका हुँदै चिरु (हिमाली जनावरको रौँ) सतुवा, रक्तचन्दन, जटामसी, निरमसी, पाँचऔँले, वन लसुन, यार्सागुम्बा, कस्तुरी, कस्तुरीको रौँ, बाघ, भालु, घोरल, झारल र मृगका छाला, हड्डी, चिनियाँ सिक्का तथा तिब्बती शरणार्थी ओसारपसार हुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
यस वर्ष पनि कस्तुरीको रौँसहित प्रहरीले सिर्दिवासका एक होटल सञ्चालकलाई पक्राउ गरी मनास्लु क्षेत्र संरक्षण आयोजना (एमक्याप)लाई बुझाएको छ । त्यस्तै प्रहरीले पटक–पटक गरी सतुवा, नाहुर, घोरल, वनलसुन, जनावरको हड्डी यहाँबाट बरामद गर्दैआएको छ ।
सिर्दिवासको जगतस्थित भन्सार कार्यालय २०५६ सालमा विस्थापित भएपछि तस्करका लागि उत्तरी गोरखा सहज भएको हो । त्यसका साथै प्रहरी चौकी जगतबाट फिलिम सरेपछि तस्करका लागि झनै सहज भएको हो ।
फिलिममा चौकी राखेपछि विभिन्न वैकल्पिक बाटो हँुदै सामान तथा तिब्बती शरणार्थी वारपार हुने गरेको स्थानीय जनताको भनाइ छ । साथै बाटो छेकेर रकम असुल्ने युवा र लुटेराहरु पनि उत्तरी क्षेत्रमा रहेको एक स्थानीयवासीले जनाएका छन् ।
गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले तस्करी रोक्न तथा मनास्लु पर्यटन पदमार्ग हुँदै उत्तरी भेग पुगेका पर्यटकलाई सुरक्षा दिन सुरक्षा चौकी राख्ने पहल भइरहेको जानकारी दिनुभयो ।
टेक्ससका एक व्यक्तिले भर्जिनिया स्थित तथ्याँक केन्द्रलाई बिस्फोट गर्ने योजना बनाउदा एफबिआईद्वारा पक्राउ
एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा सुवेदीले उम्मेदवारी दिने
जर्जियामा द्रुतगतिमा गाडी कुदाउनेलाई पछ्याउने क्रममा गोली हानाहान हुँदा संदिग्ध मारिए ,३ प्रहरी घाइते
फाइजरले १२-१५ बर्षका बालबालिकाको लागि आकस्मिक खोपको प्रयोग गर्न एफडिएसंग अनुमतिको माग
गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको नॅंया कार्यसमिती गठन
प्रतिक्रिया