श्रीमतीको जलाएर हत्या
धनगढी, ३० पुस । कैलालीको मध्य क्षेत्रको जोशीपुर गाविस–८ घुसरी गाउँका महेन्द्र कठरियाले आफ्नो श्रीमती मीरा कठरियाको आगो लगाई हत्या गरेका छन् ।
सोमबार राति करिब ११ बजे घरको आँगनमा ३३ वर्षीया मीराको शरीरमा गहुँको भुसा र मट्टितेल खन्याएर हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले मङ्गलबार राति जनाएको छ ।
इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक भरत शाहले सोमबार राति गाउँ नजिकै लागेको मेलामा मदिरा सेवन गरी अबेर राति घर पुगेकी मीरा आँगनमा ढलेको देखेपछि उनका श्रीमान्ले आवेगमा आई शरीरमाथि गहुँको भुसा र मट्टितेल खन्याएर आगो लगाइएको अभियुक्तले स्वीकारेको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।
विगतदेखि बारम्बार मदिरा सेवन नगर्न सम्झाउँदा पनि नमाने पछि आवेगमा आई आफूले हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएका छन् ।
कठरियाको घर आँगनमा राति आगो दन्किएको देखेपछि गाउँलेले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुग्दा मीराको मृत्यु भइसकेको थियो । अभियुक्तलाई प्रहरीले हिरासतमा लिएको छ ।
घटनापछि उनका नाबालक चार छोराछोरीको विचल्ली भएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया