सडक दुर्घटनामा एकको मृत्यु
इनेप्लिज
२०७१ पुष ३० गते ५:१५ मा प्रकाशित
विराटनगर, ३० पुस । मोरङमा मालबाहक ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कोसीहरैचा–५ बस्ने ३५ वर्षीय रमेश पाण्डेको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसीहरैचा–४ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना४ख ४०८१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको को१८प ५२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
गम्भीर अवस्थामा घाइते भएका पाण्डेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३२९२ को मृत्यु ,१ लाख ७० हजार संक्रमित
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
न्युयोर्ककी सभासद कोर्टेजलाई मार्ने धम्कि दिने तथा सदनमा आक्रमण गर्ने टेक्सस ड्यालसका व्यक्ति प्रकाउ
प्रतिक्रिया