कारगारका बालबालिकालाई सहयोग
वीरगन्ज (पर्सा), ३० पुस । वीरगन्ज कारगारभित्र अभिभावकसँगै जेल जीवन बिताउन बाध्य बालबालिकालाई सहयोग गर्ने सहयोगीको सङ्ख्या बढ्दै गइरहेको छ ।
यसै क्रममा मङ्गलबार कारागार परिसरमा रहेको समता विद्यालयमा अध्ययनरत कैदीबन्दीका बालबालिकालाई लायन्स क्लबअन्तर्गतका विभिन्न समूहले जुत्ता, मोजा र शैक्षिक सामग्री वितरण गरेको छ ।
लायन्स क्लबका संस्थापक मेल्वीनको जन्मजयन्तीको अवसरमा समता स्कुलका विद्यार्थीलाई जाडोमा लगाउने ७५ जोर जुत्ता मोजा र शैक्षिक सामग्री वितरण गरेको विद्यार्थी नेता दिलीप कार्कीले जानकारी दिनुभयो ।
यसैगरी वीरगन्ज आदर्शनगरमा रहेको नेपाल बङ्गलादेश बैंक शाखा कार्यालयले पनि विद्यालयको पुस्तकालयका लागि एकथान दराज, कम्प्युटर ल्याबका लागि आवश्यक छ थान कुर्सी र बालबालिकालाई बस्ने कार्पेट तथा बालबालिकाको खाजाका लागि तीन कार्टुन चाउचाउ वितरण गरेको छ ।
नेपाल बङ्गलादेश बैंक वीरगन्जका शाखा प्रबन्धक प्रमिला मानन्धरले विद्यालयकी प्रधानाध्यापक खातुनलाई ती सामग्री हस्तान्तरण गर्नुभयो । वीरगन्ज कारगारभित्र सञ्चालित समता विद्यालय गएको वैशाख महिनाबाट सञ्चालनमा रहेको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया