बाटो भत्कियो, आवतजावत बन्द
इनेप्लिज
२०७१ पुष ३० गते ३:०७ मा प्रकाशित
जाजरकोट, ३० पुस । जाजरकोटको उत्तर पूर्वी क्षेत्रमा पर्ने जाजरकोट डोल्पा जाने बाटोअन्तर्गत लहाँको खारास्थित बाटो भत्किएपछि आवतजावत बन्द भएको छ ।
पचास मिटर बाटो भत्किएर नलगाड नदीमा मिसिएपछि कडा चटानले बनेको यो भूभागमा वैकल्पिक बाटो नहँुदा आवतजावत बन्द भएको छ ।
यो बाटो भएर जुम्ला जाजरकोटका सक्ला, नायकवाडा, रोकायगाउँ र रामीडाँडालगायतका गाविसका स्थानीय मर्कामा परेका छन् । बाटो भत्किएपछि तीनवटा खच्चड मर्नुका साथै दुई स्थानीय घाइते भएको शिक्षक दिनेश ओलीले जानकारी दिनुभयो ।
उद्योग वाणिज्य सङ्घ शाखा कार्यालय कालिमाटीले दिएको जानकारीअनुसार भत्किएको बाटो निर्माण गर्न करिब रु तीन लाख लाग्ने छ ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया