कञ्चनपुरमा मावनअधिकार कार्यान्वयन तथा अनुगमन समिति
बेलौरी (कञ्चनपुर), ३० पुस । कञ्चनपुरमा राष्ट्रिय मानवअधिकार कार्य योजना कार्यान्वयन तथा अनुगमन समिति गठन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको बैठकले प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेको संयोजकत्वमा १३ सदस्यीय अनुगमन समिति गठन गरेको हो । समितिमा स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, जिल्ला जनस्वास्थ्य प्रमुख, जिल्ला न्यायाधिवक्ता र महिला विकास अधिकृत सदस्य रहने छन् ।
यस्तै सहायक प्रमुख जिल्ला अधिकारी सदस्य सचिव रहेको समितिमा नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घका प्रतिनिधि पनि समितिको सदस्य रहने व्यवस्था गरिएको छ ।
बैठकले इन्सेक, महिला मानवअधिकार रक्षक सञ्जाल र कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्डलाई आमन्त्रित सदस्यमा मनोनयन गरेको छ । बैठकले इन्सेकको संयोजकत्वमा सलर्ड र प्रशासकीय अधिकृत सदस्य रहेको मानवअधिकार प्रतिवेदन तयारी समिति पनि चयन गरेको छ ।
सरकारको चौथो पञ्चवर्षीय राष्ट्रिय मानवअधिकार कार्ययोजनालाई सघाउन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार समितिले जिल्लाको मानवअधिकारको अवस्था अध्ययन गरेर तीन–तीन महिनामा गृहमन्त्रालयमार्फत सरकारलाई प्रतिवेदन पठाउने छ ।
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
प्रतिक्रिया