माथिल्लो पुवा साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरू
इलाम, ३० पुस । इलामको पुवाखोलामा निर्माण सम्पन्न भएको माथिल्लो पुवा साना जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरू गरेको छ ।
रु ५० करोडको लागतमा निर्माण गरिएको उक्त आयोजनाले परीक्षण उत्पादन गरी नियमित विद्युत् उत्पादन सुरू गरेको हो ।
गत साउन महिनामै निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि प्राविधिक कारणले एक महिनादेखि मात्र विद्युत् उत्पादन सुरू गरिएको विद्युत्गृहका इञ्चार्ज रुपेश श्रेष्ठले जानकारी दिनुभयो ।
तीन मेगावाट क्षमताको उक्त आयोजनाले अहिले सुक्खायामका कारण करिब २५० किलोवाट मात्र विद्युत् उत्पादन गरिरहेको जनाएको छ । ठूलो पुवाखोलाको पानी पेनस्टकमा हालेर विद्युत्गृहमा पठाएर विद्युत् उत्पादन भइरहेको छ । सानो पुवाखोलाको पानीसमेत उक्त आयोजनाले प्रयोगमा ल्याउने भएको छ । सानो पुवाबाट पानी ल्याउन क्यानल निर्माण भइरहेको र पानी थप गरेर उत्पादन बढाउने लक्ष्य लिइएको श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त आयोजनामार्फत छुट्टै सवस्टेसन निर्माण भएकाले त्यहाँ उत्पादित विद्युत् ६०० मिटर पर रहेको इलाम–फिदिम जोड्ने ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको प्रवद्र्धक संस्था जोशी हाइड्रोपावर कम्पनीले जनाएको छ ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया