मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०८:४२
वासिङटन डिसी 21:57

एनआरएनए द्वारा काठमाण्डौमा जग्गा खरिद र एक महिनाभित्र शिलन्यास हुने

इनेप्लिज २०७१ पुष २९ गते २३:१९ मा प्रकाशित

nrn new logo

गैरआवासीय नेपाली संघले आफ्नो केन्द्रिय कार्यालय भवन बनाउन काठमाण्डौमा जग्गा खरिद गरेको छ । काठमाण्डौको मुटु बालुवाटार स्थित प्रधानमन्त्री निवास र सभामुख निवासको ठिक अगाडी एनआरएनएले तीन रोपनी जग्गा खरिद गरेको हो ।
एनआरएनए आईसीसीले गठन गरेको जग्गा खरिद समितिको सुझाव अनुसार प्रतिआना २६ लाख ५० हजार रुपैयाँका दरले सो स्थानमा जग्गा खरिद गरिएको हो ।

जग्गाको कुल लागत १२ करोड ७२ लाख रुपैयाँ परेको छ । सो बापत एनआरएनएले सोमबार नै जग्गाधनीलाई चार करोड रुपैयाँ बैना दिइसकेको छ । ”हाम्रा साथीहरु एक बर्षभन्दा लामो समयदेखि जग्गा खोज्न लागिरहनुभएको थियो, ढिलै भए पनि निकै राम्रो ठाउँमा जग्गा पाइयो” भन्दै अध्यक्ष घलेले यस कार्यमा बिगत एक बर्ष देखि खट्नु भएका अमेरीकाजका उपक्षेत्रिय संयोजक सोनाम लामालाई बिषेश धन्यवाद दिन चहान्छ“ भन्नुभयो ।

जग्गा खरिद प्रकृयामा निरन्तर लाग्नुभएका उपाध्यक्ष भवन भट्ट, अमेरिकाजका क्षेत्रीय उपसंयोजक सोनाम लामा, एनआरएनए सचिवालयका कार्यकारी निर्देशक राजेश राणा तथा समितिका सदस्यहरु शिशिर भट्ट र सुरेश चित्रकार, बिल्डिङ टास्कफोर्सका सवै तहका सदस्य तथा सहयोगीलाई अध्यक्ष घलेले धन्यवाद दिनुभएको छ ।

”एक महिनाभित्रै हामी शिलन्यास गर्ने तयारीमा छौं” अध्यक्ष घलेले भन्नुभयो–”भवन निर्माणका लागि प्रतिबद्धता जनाइएको रकम उठाउने, थप रकम संकलन गर्ने कार्यलाई पनि तिब्रता दिन्छौं ।” अध्यक्ष घलेले कार्यभार सम्हालेपछि आफ्नो पहिलो प्राथमिकतामा भवन निर्माणलाई राख्नुभएको थियो । सोहीअनुसार उहाँकै संयोजकत्वमा भवन निर्माण समिति गठन भई बिश्वका बिभिन्न मुलुकहरुमा रकम संकलन अभियान संचालन भइरहेको छ ।

भवन निर्माणका लागि अहिलेसम्म करिव १७ करोडको प्रतिबद्धता आइसकेको छ भने त्यसमध्ये करिव ५ करोड रुपैयाँ खातामा जम्मा भइसकेको छ । करिव १५ करोड लागतमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि काठमाण्डौको मुख्य स्थानमै जग्गा पाइएपछि त्यसको लागत केही बढ्ने देखिएको छ ।

प्रतिक्रिया