डा केशब पौडेल एनआरएन सदस्यता कार्यक्रमका लागि टेक्सासमा
विकास राज न्यौपाने , अमेरिका
नेपाली समाज टेक्सासको आयोजना तथा स्थानीय संघ संस्थाहरूको सहभागितामा नेपाली समाज टेक्सासकै कार्यालयमा हिजो गैर आवासीय नेपाली संघ अमेरिका (NRNNCC) को सदस्यता बनाउने सम्बन्धमा व्यापक छलफल गरियो। Town Hall मिटिंगको संचालन नेपाली समाजका महासचिव विजयराज भट्टराईले गर्नु भएको थियो।
कार्यक्रममा एनआरएन अमेरिकाका केन्द्रीय कोषाध्यक्ष बेदराज बस्नेतले स्वागत गर्नु भएको थियो भने एनआरएनका केन्द्रीय सल्लाहकार द्वय अन्जन श्रेष्ठ तथा डा केशब पौडेलले एनआरएनको सदस्यता किन लिने तथा एनआरएनको अतीत देखि आज सम्मका सफलता असफलताको बारेमा जानकारी गराउनु भयो। त्यसैगरी नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष राम पोख्रेल तथा वर्तमान अध्यक्ष भुवनआचार्यले टेक्सास बासीले धेरै सदस्यता बनाउनु पर्ने कुरामा जोड गर्नु भयो।
एनआरएन अमेरिका केन्द्रीय कमिटीले विजयराज भट्टराईको संयोजकत्वमा बनाएको ३५ सदस्यीय सदस्यता कमिटिको नामावली समेत पढेर सुनाइएको थियो। नेपाली समाज टेक्सासले एनआरएनको सदस्यताको लागि हरेक आइतबार नेपाली सेन्टरमा १ बजे देखि ४ बजे सम्म डेस्क राख्ने जानकारी कार्यक्रममा दिइयो।
कार्यक्रममा टेक्सासको ड्यालस क्षेत्रमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहर, नेपाली समाज टेक्सासका पूर्व अध्यक्षहरु डा प्रेम अधिकारी, जन सम्पर्क समिति वेस्ट टेक्सास च्यापटर सभापति हरिबोल भण्डारी, जन सम्पर्क समिति ड्यालस फोर्टवोर्थ च्यापटर सभापति ज्ञानेन्द्रराज कार्की, नेपाली अध्यात्मिक तथा सांस्कृतिक संघका संयोजक डा मुरली अधिकारी, प्रवासी नेपाली मञ्चका अध्यक्ष गोकर्ण दाहाल, इन्द्रेणी संस्कृतिक संघका अध्यक्ष नेत्र पाण्डे, ड्यालस एभरेस्ट लायन्स क्लबकाका अध्यक्ष खेम बास्तोला, अन्तराष्ट्रिय नेपाली साहित्य समाज ड्यालसका अध्यक्ष बासु शर्मा, महासचिव, पदाधिकारीहरू लगायत झन्डै १०० को संख्यामा सर्बसाधारणहरुको उपस्थिति थियो।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया