हामी सहमतिमा नै संविधान निर्माण प्रक्रियालाई पूर्णता दिन तयार छौँ: एमाओवादी
काठमाडौँ, २९ पुस । नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्टम्यानले संविधान निर्माण प्रक्रियालाई सहयोग गर्न राष्ट्र सङ्घ तयार रहेको बताउनुभएको छ ।
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग आज उहाँकै निवास लाजिम्पाटमा भेटवार्ता गर्दै फेल्टम्यानले संविधान निर्माण प्रक्रिया तोकिएको समयमै पूरा होओस् भन्ने कामना गर्दै नेपालको संविधान कस्तो बनाउने भन्ने कुरा यहाँ राजनीतिक दलको निर्णयमा आधारित रहेको र सबैलाई मान्य हुने गरी सहमतिमै संविधान निर्माण प्रक्रिया अगाडि बढोस् भन्ने राष्ट्र सङ्घका महासचिव वान कि–मुनको सन्देश रहेको जानकारी गराउनुभयो ।
भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले नेपालको संविधान निर्माण र शान्ति प्रक्रियामा भएको प्रगतिका बारेमा उपमहासचिव फेल्टम्यानले चासो राख्नुभएको जानकारी दिनुभयो । संविधानसभा नियमित संसद् जस्तो नभएकाले सबैलाई मान्य हुने गरी सहमतिमा नै संविधान लेखन प्रक्रियाले पूर्णता पाओस् भन्ने पक्षमा राष्ट्रसङ्घ रहेको र त्यसका लागि आवश्यक सहयोग गर्नसमेत तयार रहेको स्पष्ट पार्नुभएको उहाँले बताउनुभयो ।
यस्तै संविधान निर्माण र शान्ति प्रक्रियामा बाँकी रहेको काम पूरा गर्ने प्रक्रियाबाट एमाओवादी कतै बाहिरिन्छ कि भन्ने चिन्ता व्यक्त गर्दै उपमहासचिव फेल्टम्यानले विवेकपूर्ण निर्णय गर्न र सहमतिकै आधारमा संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउन आग्रह गर्नुभएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
“उपमहासचिव फेल्टम्यानको चासो र चिन्ताको जवाफमा हामीहरू शान्तिप्रक्रियाको प्रमुख शक्ति हुनु र त्यसको नेतृत्व गरेको शक्तिको हैसियतले सहमतिमा नै संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउन तयार रहेको जानकारी गरायौं”– श्रेष्ठले भन्नुभयो ।
अझै पनि प्रमुख दलबीच सहमतिको सम्भावना रहेको र त्यसका लागि प्रयत्न गरिएको जानकारी आफूहरूले गराएको उल्लेख गर्दै एमाओवादी उपाध्यक्ष श्रेष्ठले संविधान लेखन र शान्ति प्रक्रियालाई पूर्णता दिन एमाओवादी प्रतिबद्ध रहेको स्पष्ट पारिएको बताउनुभयो । ‘‘शान्ति प्रक्रियाको प्रमुख हिस्सेदारको हैसियतले एमाओवादी सहमतिमा नै संविधान निर्माण प्रक्रियालाई पूर्णता दिन तयार रहेको छ भनेर जानकारी गराइयो, उहाँले त्यसलाई सकारात्मक रुपमा लिनुभएको छ’’ श्रेष्ठले भन्नुभयो ।
भेटवार्तामा एमाओवादी अध्यक्ष दाहालले नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधान निर्माण प्रक्रियामा भइरहेको प्रगति र व्यवधानका बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईको पनि सहभागिता थियो ।
सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता सम्बन्धि अनुरोध ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
प्रतिक्रिया