मंगलबार, मंसिर १६ २०७७
काठमाडौं १०:२८
वासिङटन डिसी 23:43

भारत पाकिस्तानलाई वार्ता गर्न केरीको आग्रह

इनेप्लिज २०७१ पुष २९ गते १५:०६ मा प्रकाशित

JohnKerry295x2001इस्लामावाद, २९ पुस । अमेरिकी विदेशमन्त्री जोन केरीले भारत र पाकिस्तानलाई शान्तिवार्ता गर्न आग्रह गर्नुभएको समाचार छ ।

हाल पाकिस्तानको भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री केरीले दक्षिण एसियाका यी दुई आणविक प्रतिद्वन्दी राष्ट्रलाई यसअघि अवरुद्ध रहेको शान्ति वार्तालाई पुनः निरन्तरता दिन आग्रह गर्नुभएको हो ।

यी दुई देशबीचको नियमित शान्तिवार्ता विगतका केही वर्षहरूयतादेखि अवरुद्ध हुँदै आएको छ ।

सन् २००८ मा भारतको मुम्बईमा कयौँको ज्यान जानेगरी भएको हत्याकाण्डपछि सो आतङ्कवादी हमलामा पाकिस्तानी पक्षको हात रहेको भन्दै भारत सो वार्तामा बस्न इन्कार गर्दै आएको हो ।

भारत र पाकिस्तानको सीमा क्षेत्रमा हुने समय असमयका हमलाप्रति अमेरिका चिन्तित रहेको भन्दै अमेरिकी विदेशमन्त्री केरीले वार्तागर्न यी दुई देशलाई आग्रह गर्नुभएको राजधानी इस्लामावादबाट प्राप्त समाचारमा जनाइएको छ । रासस/एएफपी

प्रतिक्रिया