बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं १९:२६
वासिङटन डिसी 09:41

अध्यक्ष ओली र राष्ट्रसङ्घ उपमहासचिव फेल्टम्यानबीच भेटवार्ता

इनेप्लिज २०७१ पुष २९ गते १४:५९ मा प्रकाशित

भक्तपुर, २९ पुस ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र संयुक्त राष्ट्र सङ्घका उपमहासचिव जेफ्रे फेल्टम्यानबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

आज अपराह्न भएको भेटवार्तामा फेल्टम्यानले अध्यक्ष ओलीसँग देशको वर्तमान राजनीतिक अवस्था, संविधान निर्माणको अवस्था, सहमतिका लागि भएका प्रयासका बारेमा चासो राख्नुभएका ओली निवास स्रोतले जानकारी दिएको छ ।

राष्ट्र सङ्घका महासचिव वान कि मुनले संविधान निर्माणप्रति चासो राख्दै विशेष प्रतिनिधिका रुपमा फेल्टम्यानलाई नेपाल पठाउनुभएको हो ।

प्रतिक्रिया