बन्द सदाका लागि बन्द गर्न आग्रह
काठमाडौँ, २९ पुस । विभिन्न राजनीतिक दलका नेता तथा व्यवसायीले बन्द सधैँका लागि बन्द गर्न आग्रह गरेका छन् ।
दलका नेताले एक दिनको बन्दले गर्दा मुलुकलाई ठूलो क्षति हुनुका साथै दैनिक काम गरेर खाने सर्वसाधारण जनतालाई समेत सास्ती हुनुले विभिन्न समयमा राजनीतिक दलले कहिले पनि बन्द नगर्ने भनी गरेको प्रतिबद्धता पूरा गर्न पनि अपिल गर्नुभयो ।
रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उद्योग मन्त्री महेश बस्नेतले आफूले भनेजस्तो भए सबै ठीक नत्र बेठीक भन्ने एमाओवादीले ‘माछो देख्दा दुलाभित्र हात भ्यागुतो देख्दा दुला बाहिर हात’ जस्तो व्यवहार देखाएको छ भन्नुभयो ।
नेपाली काँगेसका नेता डा प्रकाशशरण महतले निर्धारित समय माघ ८ मा संविधान जारी गर्न संविधानका विवादित विषयमा संसदभित्रै छलफल गर्नु वा प्रक्रियाका लागि सहमति जुटाउनुको सट्टा बन्द, हडताल गरेर एमाओवादीले जनतालाई तर्साउने काम गरेको टिप्पणी गर्नुभयो ।
एकीकृत नेकपा (माओवादी)का प्रवक्ता अग्नि सापकोटाले बहुमतको आडमा काँगेस र एमालले सहमति गर्नुको सट्टा बल प्रयोग गरेर संविधान जारी गर्न खोजेको आरोप लगाउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले एक दिनको बन्दले करिब रु तीन अर्बसम्म व्यापार घाटा हुने हुँदा नेपाल बन्द गरेर मुलुकलाई अन्यौतातर्फ लैजानुभन्दा पनि सहमतिको आधारमा संविधान जारी गर्न आग्रह गर्नुभयो ।
नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले बन्दका कारण सरकारलाई होइन्, दिनभर काम गरेर बेलुकाको छाक टार्ने सर्वसाधारण श्रजजीवीलाई मर्का पर्ने हुँदा बन्दको विकल्प खोज्नुपर्ने धारणा राख्नुभयो ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया र संयुक्त पर्यटन समन्वय समितिका संयोजक डिबी लिम्ब्ूले बन्द, हडतालले पर्यटन क्षेत्र अस्तव्यस्त हुने भएकाले बन्दलाई कसैले पनि प्रश्रय दिन नहुनेमा जोड दिनुभयो ।
उता युवा सङ्घ नेपालले तोकिएको समयमा संविधान जारी गर्ने अन्तिम समयमा विभिन्न ३३ दलीय मोर्चालाई बन्द हडताल नगर्न आग्रह गरेको छ ।
आज काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका उपाध्यक्ष एवम् संविधान निर्माणका लागि अभियानका संयोजक झपट रावलले सबै दलले मिलेर सहमतिमा संविधन जारी गर्नुपर्नेमा जोड दिँदै त्यसो हुन नसके प्रक्रियामा गएर पनि संविधान जारी गरी लोकतान्त्रिक मूल्य मान्यतालाई स्वीकार्न मोर्चालाई आग्रह गर्नुभयो ।
उहाँले दोस्रो जनआन्दोलनका उपलब्धीलाई संस्थागत गर्न संविधान आवश्यक रहेको र बन्द, हडतालले संविधान जारी गर्ने तथा मुलुकलाई समृद्धितर्फ लैजान अवरोध पु¥याउने हुँदा त्यस्तो गतिविधिलाई स्थगित गरी वार्ताद्वारा समस्या समाधान गर्न सुझाव दिनुभयो ।
सङ्घका सचिव रमेश पौडेलले मुलुकमा जातीय सद्भाव कायम गर्नुपर्नेमा जोड दिँदै जनजीवीकाका सन्दर्भमा अवरोध पुग्ने कुनै पनि कार्यको प्रतिरोध गरिने जानकारी दिनुभयो ।
सङ्घले संविधान जारी गराउने वातावरण बनाउन विभिन्न गतिविधि तथा दबाबमूलक अभियान सञ्चालन गर्दै आएको छ ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया