तीस दलीय मोर्चाको बन्दको प्रभाव आंशिक रह्यो: गृह मन्त्रालय
काठमाडौँ, २९ पुस । एकीकृत नेकपा (माओवादी) नेतृत्वको तीसदलीय मोर्चाले आज आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको छ ।
बन्दका क्रममा आज सिरहा, सुनसरी, झापा, बाँके, मोरङ, मकवानपुर र महोत्तरीमा केही सवारीसाधनमा तोडफोड भएको र त्यसबाट ती जिल्लाको जनजीवनमा सामान्य प्रभाव परेको गृह मन्त्रालयले जनाएको छ । तराईका जिल्लामा जबर्जस्ती बन्द गर्दै हिँडेका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी मध्यमाञ्चल क्षेत्रमा पनि बन्दको प्रभाव आंशिक रुपमा परेको, बजार क्षेत्र पनि आंशिक रुपमा खुलेको र यातायातका साधन कम मात्रामा चलेको जनाउँदै मन्त्रालयले लामो दूरीका यातायातका केही साधनलाई सुरक्षा प्रदान गरेर गन्तव्यसम्म पुर्याइएको बताएको छ ।
काठमाण्डौं उपत्यकामा बन्दकर्ताले केही सवारीसाधनमा तोडफोड गरेको तथा त्यस क्रममा तीन महिलासहित ६९ जनालाई पक्राउ गरिएको मन्त्रालयले केहीबेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयले शान्ति सुरक्षाको व्यवस्थालाई थप भरपर्दो र विश्वसनीय बनाउन सुरक्षा निकायबीच समन्वय कायम गर्दै योजनाबद्धरुपमा सुरक्षाकर्मी परिचालन गरिएकाले आआफ्ना सेवा, व्यावसाय निर्बाधरुपमा सञ्चालन गर्न सम्पूर्ण यातायात व्यावसायी, उद्यमी र व्यापारीलाई अनुरोध गरेको छ ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया