दुई सभासद् थपिए
इनेप्लिज
२०७१ पुष २९ गते १४:३३ मा प्रकाशित
काठमाडौँ, २९ पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दुई मनोनीत संविधानसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।
संविधासभाका अध्यक्षको कार्यकक्षमा आज अपराह्न आयोजित समारोहमा अध्यक्ष नेम्वाङले नेकपा(एमाले) निकट प्रा लालबाबुप्रसाद यादव र नेपाली काँग्रेस निकट नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्रकुमार कुमाललाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
मन्त्रिपरिष्दको यही पुस २४ गतेको बैठकले उहाँहरु दुवैलाई संविधानसभा सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो । शपथ ग्रहण समारोहमा काँग्रेस र एमाले नेताका साथै दुवै दलका संसदीय दलका सचेतक उपस्थित हुनुहुन्थ्यो ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया