बिहीबार, वैशाख ९ २०७८
काठमाडौं ०३:१८
वासिङटन डिसी 17:33

फेसबुक मै मात्र चन्दा उठाएर सबै नेपालीको उपचार गर्न सकिन्छ र?

इनेप्लिज २०७१ पुष २९ गते ११:५५ मा प्रकाशित

anzan

फेसबुकमा चन्दा उठाएर कती नेपालीको छोराछोरिले कहिले सम्म औषधी गर्नुपर्ने हो?……चाहिने कुरा केही नपाइने नचाहिने कुरा सबै पाइने ठाँउ बन्याछ हाम्रो देश। हेल्थ इन्सुरेन्सको ब्यबस्था कहिले हुने हो खै नेपालमा। यसैपनी सरकार र कर्मचारीबाट जनता केन्द्रित हुने, जनतालाई सुबिधा दिने काम नै के हुन्छ र ; अमेरिका जस्तो देश जहां हेल्थ इन्सुरेन्स किन्न पाइने ठांउमा त काम गरेर कमाएको पैसा कुम्ल्याएर आफु बिरामी पर्दा चन्दा उठाउन कती नेपालीलाई अप्ठेरो लाग्दैन भने, करोडौँ जनता गरिबीको रेखा मुनी भएको, अझ त्यो माथि पैसोको मुख नदेखी बिरामीको नाम समेत दर्ता गर्न नचाहने अस्पातल भएको हाम्रो देशमा गरीब जनताले चन्दाको मुख नताकी औषधी गर्न नसक्ने स्थिती भएको छ। धन्न जुकेरबर्ग महाराजको देनले उत्पती भएको फेसबुकले अलिकती भएपनी तुरुन्तै हारगुहार गरेर कसै कसैको जिबन बाँच्न सफल भएको छ।

फेसबुकमा चन्दा माग्न सजिलो भए पनि देश र बिदेशमा दु:ख गरेर बसेको नेपाली जनताले भाबबिहोर भएर यसरी दिएको चन्दाबाट मात्र सबै गरीब नेपालीको औषधी उपचार चल्न सक्दैन। बग्रेल्ती मेडिकल स्कुल खोलिँदा र बर्सौँ हजारौँ डाक्टर देशमै निस्किँदा पनि गरीब नेपालीको छोराछोरिले दीन दिनै फेसबुकमा चन्दा उठाएर औषधी गर्नु पर्ने स्थिति नेपालमा प्रशस्त देखिएको छ। हाम्रो युगको चर्चित हाँस्य कलाकार मदनकृष्णको पार्किन्सनको सर्जरी पछीको अन्तर्वाता सुनेपछी झन नेपालमा गरीब नेपाली बिरामीहरुको हालत कस्तो होला भन्ने सोंच्न सकिन्छ। नत पंहुच हुन्छ न त पैसा, पैसा अगाडि नै खन-खन नगनी कसैको उपचार नहुने नेपालमा अधिकांश गरीब नेपालीको उपचार हुन सक्दैन; त्यसैले लगभग दिनको एउटा नेपालीको ब्यथा फेसबुकमा देख्न पाईन्छ। साधारण भाषामा भन्दा जनताले ब्यहोर्न नसक्ने औषधी खर्च लाग्छ नेपालमा, सरकार सहयोग गर्न सक्ने स्थितीमा छैन, भनेपछी जनता साधारण उपचार् पनि नपाएर मर्न पर्ने स्थिती छ। आफू र आफ्नो साखासन्तानको उपचार अरबौंको सरकारी खर्चमा बिदेशमा गर्न पल्केका नेपालि नेताहरूले गरीब नेपाली जनताले सस्तो र सुबिधाजनक रुपमा स्तरिय उपचार पाओस भनेर सोँच्छन भन्ने कुरामा बिश्वस्त हुन सकिँदैन ।

हजारौँ समस्या हुँदाहुँदै पनि देशको यो भयाबह समस्याको समाधान भनेको अहिले नेपालीलाइ स्वास्थ्य बिमाको आबश्यक्ता पनि हो, तर अहिले नै केही सोँच बिचार नगर्ने हो भने यो समस्याको समाधान तुरुन्तै भने समाधान गर्न असम्भब प्राय छ किनकी यसै त बढदो महंगी, मुद्रस्फिती र ब्यवसायमा गुण्डागर्दी भैराख्ने नेपालमा साधारण नेपालीले हत्तपत्त स्वास्थ्य उपचार खर्च गर्नै नसक्ने स्थिती छ। अहिले सम्म नेपालमा बिकासको कुरा प्राइभेट सेक्टरले नै गरिराख्याछ, सरकार त खाली बिदेशीको अनुदानको मुख ताकेर आफ्नो तलब भत्ता सुरक्षित गरेर बँचेको पैसाले बिकासको काम गर्न खोज्छन। प्राइभेट सेक्टरले यस्ता नयाँ योजनाहरुमा सरकारले राम्रो निति लागू नगरि कसरी जोखिमा लिन्छन? अहिले सरकारले परिवर्तित समाजको आवश्यकतालाई ध्यानमा राखेर आधुनिक निती नियम बनाउने कल्पना सम्म पनि नगरेको स्थितीमा प्राइभेट कम्पनीहरुले ठुला ठुला लगानी गरेर यस्ता कामहरु गर्न जोखिम नै मान्छन। स्वास्थ्य बिमा संग सम्बन्धित सबै लगानिकर्ता, हस्पितल, डाक्टर आदी सबैलाई एउटै घेराभित्र बांधेर बिमा सम्बन्धी रेगुलेशन तयार गर्ने हो भने यो नेपालमा बस्ने नेपाली र बिदेश्मा बस्ने एन आर एन को लागि ठुलो लगानिको बातावरण बन्नुको साथै नेपाली जनतालाई सुलभ र सस्तो मुल्यमा स्वास्थ्य बिमा प्रदान गर्न सकिने छ।

नत्र यो ठुलो लगानीको मौका नेपालीको हातबाट फुस्केर भारतीय कम्पनीहरुमा अबस्य जानेछन र सम्पूर्ण नेपाली जनताको पैसा र स्वास्थ्य भारतीयको हातमा जाने सम्भाबना प्रबल छ। भारतमा पनि अहिले स्वास्थ्य बिमाको यस्तै समस्या छ, तर मोदी सरकारको आगमन संगै यो स्थिती चांडै नै फेरिदैछ, किनकी बिश्व कै अती धनी मध्य एक अमेरिकि वारेन बफेटले भारतको स्वास्थ्य बिमामा लगानी गर्ने इच्छा ब्यक्त गरिसकेको छ। जबसम्म हेल्थ इन्सुरेन्सको ब्यबस्था र स्वास्थ्य क्षेत्रलाई रेगुलेट गरिदैन तबसम्म धेरै नेपालीको छोराछोरीले फेसबुक जस्तो सोसल मेडियामा आफ्नो उपचार गर्न चन्दा उठाउन परिरहन्छ। साधारण हिसाब गर्ने हो भने पनि अहिलेको अवस्थामा नेपालमा सजिलै हेल्थ इन्सुरेन्स गर्न सक्ने स्थिती भने छैन किनकी एकातिर छुनै नसकिने हस्पिटलको उपचार् खर्च लाग्छ भने अधिकांश नेपाली जनतामा त्यसलाई धान्ने प्रिमियम तिर्न सक्ने क्षमता देखिदैन र अर्काको चन्दाबाट बजेट प्रस्तुत गरेर नेतालाई अरबौँ उपचार खर्च दिन सक्ने तर जनतालाई जीबन जल दिन पनि बिदेशी सहयोग खोज्नुपर्ने नेपालको यस्तो गरीब सरकारले सबै नेपालीलाई इन्सुरेन्सको प्रिमियम सब्सिडाइज गरी औषधी उपचार गराउन सक्ने स्थिती छैन। त्यसैले समयको बदलाव सँगै नेपाली जनताको स्वास्थ्य संग सरोकार राख्ने कुराहरुमा पनि सरकारले ध्यान दिदै सरकार, एन आर एन र देशकै लगानीकर्ताहरुलाई हातेमालो गर्न लगाइ नेपाली जनताको लागि स्वास्थ्य बिमाको अबधारणा अघी सार्ने हो भने यो समस्या समाधान हुन गाह्रो छैन। अब अमेरिकाको एन आर एन ले यसलाई पनि अहिलेको चुनाबी एजेन्डा बनाउने कि?

प्रतिक्रिया