‘कू‘ गर्न खोजेको होइन– राजापाक्छे
कोलम्बो, २९ पुस । श्रीलङ्काका निवर्तमान राष्ट्रपति महिन्दा राजापाक्छेले आफूले निर्वाचन हारेपछि सैनिक कू गर्न खोजेको भनी आफूमाथि लगाइएको आरोप अस्वीकार गर्नुभएको छ ।
श्रीलङ्कामा गत बिहीबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उहाँको पराजय भएको थियो । उहाँले आफूले निर्वाचन हारेपछि जनमतको कदर गर्ने भन्दै सत्ता छोड्नुभएको थियो ।
तरपनि कतिपय सत्तापक्षीय व्यक्तिहरुले उहाँले कू गर्न खोजेको भनी त्यस आरोपलाई चर्चामा ल्याएकोमा राजापाक्छेले सो भनाईको खण्डन गर्नुभएको हो ।
राजापाक्छेले मङ्गलबार आफ्नो ट्वीटर अकाउण्टमा सो प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभएको छ– मैले जनमतको कदर गर्नुपर्छ भनेर नै सहजै सत्ताबाट हटेको हो, कू गर्ने भन्ने बारेमा मलाई केही थाहा भएन ।
उहाँले सो अकाउन्टमा भन्नुभएको छ– मैले मतगणना सकिनासाथै सरकारी कार्यालय छोडेको हूँ र नवनिर्वाचित अध्यक्षलाई तत्कालै बधाई पनि दिएको हूँ ।
उहाँले आफु सधैँ जनताको मतको अगाडि झुक्ने भन्दै निर्वाचनमा जनताले आफ्नो विकल्प खोजेपछि आफुले अरु केही नसोचेको पनि स्पष्ट गर्नुभएको छ ।
राजापाक्छे सन् २००५ देखि श्रीलङ्कामा सत्तामा रही आउनुभएको छ । उहाँको हालैका दिनमा नातावादमा बढी फसेको भनी आलोचना हुने गरेको थियो ।
नवनियुक्त राष्ट्रपति मैत्रीपाला सिरिसेनाको प्रशासनले राजापाक्छेले आफुले निर्वाचन हारेपछि सैनिक कू गर्न सैनिक प्रमुखलाई भनेको तर सैनिक प्रमुखले नमानेपछि उहाँ बाध्य भएर सरकारी निवासबाट बाहिरिएको बताएको थियो ।
यस विषयमा छानबीन समिति गठन गरी छानबीन गर्ने जानकारी नयाँ प्रशासनले हालै दिएको छ । रासस÷एएफपी
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया