ज्येष्ठ सदस्य थापाद्वारा संवाद तथा सहमति समितिको प्रतिवेदन पेस
काठमाडौँ, २९ पुस । संविधानसभाको आजको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन २०७१ पेस गरिएको छ ।
समितिका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले संविधानसभा नियमावली २०७० को नियम ८३ अनुसार समितिको प्रतिवेदन पेस गर्नुभएको हो ।
समितिको प्रतिवेदन प्रस्तुत गर्दै थापाले हामीहरु आफैंले आगामी माघ ८ गतेभित्र संविधान जारी गर्ने भनी वचनबद्धता प्रकट गरेकामा कसैले अविश्वास गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।
समितिका सभापति डा बाबुराम भट्टराईको अनुपस्थितिमा ज्येष्ठ सदस्य थापाले प्रतिवेदन पेस गर्नुभएको हो ।
एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक गठबन्धन नेपालले संविधानका अन्तरवस्तुमा सहमतिका लागि दबाब दिन भन्दै आज काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा बन्दको आयोजना गरेको छ ।
बन्दको आयोजना गरेको हुनाले गठबन्धनसँग आबद्ध दलहरु संविधानसभाको बैठकमा सहभागी नहुने कुराको जानकारी संविधानसभा अध्यक्षलाई गराइएको बुझिएको छ । त्यसकारण बैठकमा गठबन्धनसँग आबद्ध दलका सभासद्हरु अनुपस्थित हुनुहुन्थ्यो ।
यसअघि आज बिहान समितिका सभापति डा भट्टराईले समितिको प्रतिवेदन संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई बुझाउनुभएको थियो ।
संविधानसभाको अर्को बैठक माघ १ गते दिनको १ बजे बस्ने गरी आजको बैठक स्थगन गरिएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया