प्रधानमन्त्रीद्वारा उद्योगी बिएल शर्माको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण
काठमाडौँ, २९ पुस । प्रधानमन्त्री सुशील कोइरालाले व्यवसायी तथा उद्योगी बिएल शर्माको पार्थिव शरीरमा आज श्रद्धाञ्जलि दिनुभएको छ ।
गएको आइतबार ९१ वर्षमा निधन हुनुभएका शर्माको पार्थिव शरीरलाई आज श्रद्धाञ्जलि दिन नयाँ बानेश्वरस्थित अनमोल क्याटरिङमा राखिएको छ ।
उहाँलाई श्रद्धाञ्जलि दिन उक्त स्थानमा पूर्व प्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, झलनाथ खनाल, माधवकुमार नेपाल र शेरबहादुर देउवा, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री वामदेव गौतम, सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, कानुन तथा न्यायमन्त्री नरहरि आचार्यलगायत उद्योगी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति थियो ।
थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएका शर्माका श्रीमती र तीन छोरी हुनुहुन्छ । स्व शर्माको शवयात्रा गरी निवासस्थान बाफलमा पु¥याइएपछि विधिपूर्वकका कार्य गरी आजै अन्त्येष्टि गरिने उहाँका व्यावसायिक साझेदार शिव सरावगीले जानकारी दिनुभयो ।
नेपालमा विसं २००७ को प्रजातान्त्रिक आन्दोलनका क्रममा तत्कालीन राजा त्रिभुवनको नजिक रही सम्पर्क माध्यमका रुपमा कार्य गर्नुभएका शर्माले नेपालमा मिठाई व्यवसाय तथा क्याटरिङ व्यवसायलाई संस्थागत गर्न ठूलो योगदान पु¥याउनुभएको थियो ।
त्यस्तै, डकोटा (२८ सिट क्षमता, डिसी–३) विमान कलकत्ता र पटनाबाट काठमाडौँ उडान गराई नेपालमा विमान सेवा सुरु गर्न तथा काठमाडौँ, सिमरा, भैरहवा, पोखरा, नेपालगन्ज र दाङका विमानस्थल निर्माणमा योगदान गर्नुभएको थियो ।
भारतको चर्चित व्यावसायिक समूह ‘बिरला समूह’ लाई नेपाल भित्र््याउनु भएका शर्मा अनमोल क्याटरिङ सर्भिस प्रालिका संस्थापक अध्यक्ष तथा आम्रपाली वेङ्क्वेटका सञ्चालक हुनुहुन्थ्यो । उहाँ विसं २०११ मा सल्लाहकार सभामा मनोनीत समेत हुनुभएको थियो भने हाल पशुपति क्षेत्र विकास कोषका सदस्य हुनुहुन्थ्यो । विभिन्न राजनीतिक दलले आयोजना गर्ने जलपान समारोहको अधिकांश आयोजना शर्माकै क्याटरिङ उद्योगबाट हुने गरेको छ ।
त्यसैगरी, उहाँ रेडक्रस, क्षयरोग निवारण सङ्घ, परिवार नियोजन सङ्घ, रोटरी क्लब, श्री ५ त्रिभुवन स्मारक समिति, मारवाडी सेवा समिति, नेपाल भारत सम्पर्क मञ्च तथा मारवाडी ब्राह्मण समाजका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।
उहाँले त्रिशक्तिपट्ट (तेस्रो र चौथो), सेवापदक, शुभराज्याभिषेक पदक (श्री ५ महेन्द्र, श्री ५ वीरेन्द्र), विप्र शिरोमणि पुरस्कार (अखिल भारतीय ब्राह्मण महासभा, दिल्ली) तथा विभिन्न सामाजिक सङ्घ संस्थामार्फत सम्मान प्राप्त गर्नुभएको थियो ।
इन्टरमिडियटसम्मको अध्ययन गर्नुभएका उहाँले रुसबाहेक युरोपका सबै देश र संयुक्त राज्य अमेरिकालगायतका मुलुकको भ्रमण गर्नुभएको थियो । उहाँले ‘राष्ट्रपिता र म’ नामक कृति प्रकाशन गर्नुभएको थियो ।
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
ट्रम्पले आफू बिरुद्ध मतदान गरेकी अलास्काकी सिनेटर बिरूद्ध अभियान चलाउने चेतावनी
अमेरिकामा १ करोड २४ लाख ४७ कोरोनाबाट मुक्त,८ करोड ७९ लाख १२ हजारले खोप लगाए
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
प्रतिक्रिया