इटहरीमा बन्द खोल्ने सहमति
इटहरी, २९ पुस । उद्योग वाणिज्य सङ्घ इटहरी र बन्दकर्ता राजनीतिक दलबीच आज बिहान भएको वार्तापछि मध्याह्न १२ः३० बजेदेखि इटहरी र आसपासका क्षेत्रका बजार पसल खुलाउने सहमति भएको छ ।
लगातारको बन्दले उद्योगी व्यापारी र व्यवसायी मारमा परिरहेको भन्दै उद्योग वाणिज्य सङ्घले बन्द धेरै भयो भनेर राजनीतिक दललाई आन्दोलनको स्वरुपमा परिवर्तन ल्याउनसमेत आग्रह गरेका छन् ।
यसैक्रममा बन्द गर्ने राजनीतिक दलका तर्फबाट इटहरी उपमहानगरपालिका–८ स्थित कस्तुरी चोकमा दुईवटा सवारी साधन तोडफोड गरेका छन् । उद्योग वाणिज्य सङ्घ र राजनीतिक दलबीच बन्द खुलाउने विषयमा छलफल चलिरहँदा एकाएक को १ ख ३९५० नम्बरको टिपर र को १ ख १०१० नम्बरको बसको सिसा फुटाइदिएका छन् ।
विराटनगर उपमहानगरपालिकाको रानीबाट हिजो शव लिएर राजविराज गएर आज फर्कने क्रममा बस तोडफोडमा परेको थियो । बसको सम्पूर्ण सिसा फुटाइएको छ भने टिपरको अगाडिको सिसामा ढुङ्गा हानिएको छ ।
उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य तथा इटहरी अध्यक्ष रोहित प्रसाईं र उद्योग वाणिज्य सङ्घ पूर्वाञ्चल अध्यक्ष टङ्क दुलालले बन्दले व्यापारीहरु उठ्नै नसक्ने अवस्थामा पुगिसकेकाले बारम्बारको बन्द गर्ने परिपाटीलाई राजनीतिक दलहरूले परिवर्तन गर्नु पर्नेमा जोड दिएका थिए ।
नागरिक समाज इटहरीका अध्यक्ष डानियल सुब्बाले पनि मानिसले धान्न नै नसक्ने गरी भइरहेको बन्दलाई राजनीतिक दलहरुले स्वरुपमा परिवर्तन ल्याएर तोकिएको समयमा संविधान जारी गर्न दबाब दिन आग्रह गर्नुभएको छ ।
छलफलमा राजनीतिक दलका तर्फबाट शिव डाँगी, राम राई, गोविन्दजङ्ग कार्कीलगायतले बन्द खुलाउन सहमति जनाउनुभएको थियो । बन्दलाई सहज रुपमा लैजानका लागि आफूहरु पनि सहमत भएको भन्दै राजनीतिक दलका नेताहरुले व्यापारिक क्षेत्रमा प्रतिकूल असर पार्ने आफ्नो उद्देश्य नभएको उल्लेख गरेका थिए ।
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
प्रतिक्रिया