बन्द नेपाली जनताको भावना र चाहनाविरुद्ध हो: उपसभापति पौडेल
काठमाडौँ, २९ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एनेकपा (माओवादी) को नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धन नेपालले आयोजना गरेको बन्द नेपाली जनताको भावना र चाहनाविरुद्ध रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरुको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “आजको बन्द संविधान र संविधानसभाविरुद्धको कार्य हो ।”
“एनेकपा (माओवादी)बाट बन्दको आयोजना गरेर राष्ट्रलाई अवरुद्ध गर्ने काम भएको छ, जुन अनुचित कार्य हो, सडक आन्दोलन र संविधानसभाको बैठक बहिष्कार कस्को विरुद्ध गरिएको हो ?” भनी उहाँले प्रश्न गर्नुभयो ।
संविधानसभालाई नै त खत्तम पार्न खोजिएको होइन भनी आशङ्का व्यक्त गर्दै उपसभापति पौडेलले सबै राजनीतिक दलले आ–आफ्ना माग र भनाइ सडकमा होइन, संविधानसभाको बैठकमा राख्न सुझाव दिनुभयो ।
नेपाली जनताले संविधान बनाउन पठाएका राजनीतिक दल सडकमा आन्दोलनमा उत्रनु कत्तिको सुहाउँदो विषय हो भन्दै उहाँले संविधानमा देखिएका विवादित विषयलाई सहमतिमा रुपान्तरण गर्ने आज पुस २९ गतेको दिन बन्दको आयोजना गर्नुको औचित्य नरहेको धारणा पनि व्यक्त गर्नुभयो ।
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
‘डिजी पे’ले पायो भुक्तानी सेवा प्रदायकको लाइसेन्स
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
प्रतिक्रिया