शिक्षित बन्दै सुस्तश्रवण बालबालिका
पथरी, २९ पुस । मोरङको पथरी शनिश्चरे–१२ की ११ वर्षीया आयुसा खत्री सुस्तश्रवण भएका बालिका हुन् ।
स्थानीय इटहराको देवीस्थान महेन्द्र उच्चमाविले सञ्चालन गरेको विशेष सुस्तश्रवण शिक्षाअन्तर्गत कक्षा चारमा उनी पढ्छिन् । उनीजस्तै पूर्वी मोरङका सुस्तश्रवण भएका बालबालिका उक्त विद्यालयमा पढ्छन् । केरौनकी १४ वर्षीया मुना लुइँटेल कक्षा पाँचमा पढ्छिन् ।
त्यस्तै ११ वर्षीय जीवन ढकाल कक्षा चार, १४ वर्षीया लक्ष्मी दङ्गाल कक्षा चार, नौ वर्षीया कल्पना श्रेष्ठ कक्षा दुईमा पढ्छिन् । सुस्तश्रवण भएका थप चार पाँच कक्षादेखि माथि अध्ययन गर्दै आएका छन् । सो विद्यालयले २०५८ सालदेखि सुस्तश्रवण कक्षा सुरु गरेको हो । सुस्तश्रवण भएका बालबालिकालाई छुट्टै शिक्षक खगेन्द्र अधिकारीले पढाउने गर्नुभएको छ ।
उनीहरुलाई खान र बस्नको सुविधा विद्यालयले गरेको छ तर लुगाफाटो तथा कपीकलमको परिवारले व्यवस्था गर्नुपर्ने शिक्षक अधिकारीले बताउनुभयो । उनीहरुलाई १२ कक्षासम्म निःशुल्क पढाउने व्यवस्था मिलाएको शिक्षक अधिकारीको भनाइ छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया