अत्यधिक चिसो बढ्न थालेपछि कञ्चनपुरका सामुदायिक विद्यालयमा छुट्टी
इनेप्लिज
२०७१ पुष २९ गते ३:०८ मा प्रकाशित
कञ्चनपुर, २९ पुस । अत्यधिक चिसो बढ्न थालेपछि कञ्चनपुरका सामुदायिक विद्यालयमा एक साताका लागि छुट्टी दिइएको छ ।
जिल्लाको पूर्वी क्षेत्रका झलारी र कृष्णपुर स्रोत केन्द्रअन्तर्गतका झन्डै आठ दर्जनभन्दा बढी सामुदायिक विद्यालयमा छुट्टी दिइएको हो । कुहिरो र शीतलहर चल्न थालेपछि विद्यालयमा पढ्ने विद्यार्थी विद्यालयमा आउने क्रममा निकै कमी आउन थालेपछि स्रोत केन्द्रस्तरीय निर्णय गरी विद्यालयमा छुट्टी दिइएको शिक्षक भरतबहादुर ऐरले बताउनुभयो ।
“सबैभन्दा बढी शीतलहरका कारण प्राथमिक तहका विद्यार्थी बढी प्रभावित हुन थालेपछि छुट्टी दिने निर्णय गरिएको छ”–उहाँले भन्नुभयो । माघ ४ गतेसम्मका लागि विद्यालय बन्द गरिएका छन् । कञ्चनपुरमा चार दिनदेखि घाम नलाग्दा लगातार शीतलहर चल्दा जनजीवन कष्टकर बन्दै गएको छ ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया