मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०८:०६
वासिङटन डिसी 21:21

मर्न चाहन्न म

इनेप्लिज २०७१ पुष २९ गते ०:४२ मा प्रकाशित

धरतीका सब बिषहरु पखालेर
म अमृत पिउन चाहन्छु
मृत्युलाई पनि मर्न दिएर
म अमर जीवन चाहन्छु

यो सुन्दर धरतीमा
बालक झैँ सदा
म लडिबुडी खेल्न चाहन्छु
आँखा खोल्दै चिम्लदै कहिले

म अनन्त रम्न चाहन्छु l
कहाँ पाइन्छ ‘जीवन बुटी ‘
म त्यसैमा डुब्न चाहन्छु l

 

प्रतिक्रिया