अतिवादीहरू संविधानको बाधक: उपसभापति पौडेल
काठमाडौँ, २९ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अतिवादीहरूका कारण संविधान निर्माणको काम अन्यौलमा परेको बताउनुभएको छ ।
उहाँले मुलुकको हितभन्दा सस्तो लोकप्रियताका लागि अनावश्यक मुद्दा उच्चाल्नेहरूका कारण मुलुक बन्धकमा परेको धारणा राख्नुभयो ।
नेपाल जेसिजले सोमबार राजधानीमा आयोजना गरेको ‘संविधान र माघ ८’ विषयक अन्तरक्रिया कार्यक्रममा उपसभापति पौडेलले अनेक बहनामा मुलुकमा पटकपटक लोकतन्त्रमाथि आक्रमण भइरहने गरेको गुनासो गर्नुभयो ।
उपसभापति पौडेलले २०१५ सालको उपलब्धि राष्ट्रवादका नाममा, २०४७ सालको उपलब्धि जनवादका नाममा र अहिले २ं०६३ सालको उपलब्धि फेरि जातिवादका नाममा शिकार हुनु परेको दृष्टान्त दिनुभयो ।
उहाँले जातीय पहिचान र अधिकारका नाममा जातीय अधिकार नै खोज्ने खेल भइरहेको टिप्पणी गर्दै देशभरका विभिन्न ठाउँमा फैलिएका जातिहरूलाई मुलुकको कुनै निश्चित ठाउँमा मात्र सीमित गर्ने जातीय राज्य दिनु आफैँमा अलोकतान्त्रिक, अवैज्ञानिक र प्रतिगामी हुने उपसभापति पौडेलको ठम्याइ छ ।
कार्यक्रममा एकीकृत माओवादीका सचिव वर्षमान पुनले जातीयताको मुद्दा अझै पनि पर्याप्त सम्बोधन हुन नसकेको बताउनुभयो ।
उहाँले शीर्ष नेताहरूको बैठकमा खस आर्यहरूको र मधेसीहरूको प्रतिनिधित्व भएपनि आदिवासी जनजातिहरूको प्रतिनिधित्व हुन नसकेको तर्क गर्नुभयो ।
नेकपा–माओवादीका सचिव देव गुरुङले भने जनतालाई एक थान संविधानका लागि मात्र संविधानसभाको माग नगरिएको उल्लेख गर्दै अग्रगामी र जनताको संविधान दिन अहिलेको संविधानसभाले नसक्ने भएकाले आफूहरूले नयाँ सर्वपक्षीय राजनितिक सम्मेलनको माग गरेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा जेसिजका राष्ट्रिय अध्यक्ष धनन्यकुमार श्रेष्ठ र महासचिव जगत पोख्रेलले लोकतान्त्रिक संविधान निर्माणका लागि जेसिजले देशव्यापी दबाब अभियान चलाउने जानकारी दिनुभयो ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया