अन्तरिम संविधानको ‘अन्तरिम’ झिेकर संविधान जारी गर्न देउवाको प्रस्ताव
काठमाडौँ, २८ पुस । संविधानका विवादित विषयमा सहमति हुन नसकिरहेको बेला नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले अन्तरिम संविधानमा रहेको ‘अन्तरिम’ शब्द झिकेर जारी गर्न सकिने धारणा अगाडि सार्नुभएको छ ।
सिंहदबारमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता देउवाले सबैको भावना र चाहनालाई आत्मसात् गरेका कारण अन्तरिम संविधान नै मान्य रहेको बताउनुभयो । “सङ्घीयता, शासकीय स्वरूप तथा निर्वाचन र न्याय प्रणालीलगायत विषयमा जति पटक छलफल गर्दा पनि दलहरूबीच सहमति हुन नसकेकाले मैले व्यक्तिगत रूपमा सो प्रस्ताव अगाडि सारेको हुँ” उहाँले भन्नुभयो ।
नेपालको अन्तरिम संविधान २०६३ ले पाँच प्रधानमन्त्री बनाएको, दुई संविधानसभाको निर्वाचनसमेत गराएको र संसदीय अभ्याससमेत राम्रोसँग गरेका कारण अर्को विकल्प खोज्नुभन्दा यसैमा रहेको अन्त्रिम शब्द झिक्दा सबैले सहज रूपमा लिने देउवाको भनाइ छ ।
पूर्वप्रधानमन्त्रीसमेत देउवाले हिमाल, पहाड तराई सबै क्षेत्रको भावना समेटिएको र कुनै पनि वर्ग समुदायले विरोध पनि नगरेका कारण तत्कालको राजनीतिक विवादको समाधानको उपाय हुन सक्ने स्पष्ट पार्नुभयो ।
राज्य पुनःसंरचना, शासकीय स्वरूपलगायत विवादित विषय बाँकी अवधिभित्र समाधान गर्न सकिने भएकाले राजनीतिक सङ्क्रमणको अन्त्यका लागि पनि आफ्नो प्रस्ताव उत्तम रहेको उहाँको जिकिर छ ।
सो प्रस्तावलाई काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पनि स्वीकार गर्नुभएको उहाँको जिकिर छ ।
‘‘जति छलफल गर्दा पनि कुनै विषयमा निष्कर्ष ननिस्केका कारण कुनै न कुनै विकल्प खोज्नुपर्छ भन्ने ध्येयले व्यक्तिगत रूपमा अन्तरिम संविधानलाई नै जारी गर्ने प्रस्ताव ल्याएको हुँ’’ देउवाले भन्नुभयो ।
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
प्रतिक्रिया