एनआरएन अमेरिकाको सदस्यता लिने मौका नचुकाउन थापाको आह्वान
एनआरएन अमेरिकाको सदस्यता लिनका लागि यही ३१ जनवरीसम्म म्याद रहेकाले उक्त अवधिभित्र सदस्यता लिनका लागि बाना अमेरिकाकी पूर्व अध्यक्ष रबिना थापाले सबैलाई आह्वान गर्नुभएको छ । एनआरएन अमेरिका सम्पूर्ण अमेरिकावासी नेपालीहरुको आशा र भरोसाको केन्द्र भएको उल्लेख गर्दै थापाले एनआरएन अमेरिकाको तुरुन्त सदस्यता लिएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रहगर्नुभएको हो ।
‘एक युगमा एक दिन’ त्यो दिन अब एनआरएन अमेरिकाको निर्वाचनको दिन भएको उल्लेख गर्दै थापाले त्यस दिन तपाईं हामीले आफ्नो अमूल्य भोट दिएर यो संस्थालाई हाँक्नसक्ने राम्रो मान्छेलाई जिताउनु पर्ने बताउनुभएके छ ।
नेपालीहरु एकजूट भएर आफ्नो हक अधिकारको लागि आवाज बुलन्द गर्ने थलो पनि एनआरएन अमेरिका भएको थापाले स्पष्ट पार्नुभएको छ । उहाँले आफ्नो अपिलमा अमेरिकामा नेपाली संस्कृति जगेर्ना गरि शान्तिका अग्रदूत भगवान बुद्धको जन्मभूमि तथा सगरमाथाको देश नेपालको प्रवद्र्धनको लागि पनि समस्त नेपालीहरु एकजूट हुनु जरुरी छ भन्दै हामी सबै नेपालीहरुलाई एकताबद्ध गर्ने एक मात्र माध्यम एनआरएन अमेरिका भएको समेत स्पष्ट पार्नुभएको छ ।
उहाँले तपाईं हामी सबैको काँधमा यस संस्थाको भाग्य निर्धारण गर्ने मौका आएको छ भन्दै यस मौकाको सदुपयोगका लागि तपाई हामी सबैले एनआरएन अमेरिकाको सदस्यता लिनु जरुरी भएको समेत प्रष्ट पार्नुभएको छ । उहाँले अपिलमा भन्नुभएको छ– विगत एक दशकदेखि मैंले आफैं अमेरिकाका विभिन्न नेपाली संघसंस्थाहरुमा आवद्ध रहेर नेपाल र नेपालीहरुको सेवा गर्दै आएको छु ।
स्थानीय स्तरका सामाजिक अभियन्ताहरुलाई एकजूट गराएर राष्ट्रियस्तरमै नेपाल र नेपालीको सेवा गर्ने संस्थाको टडकारो आवश्यकता मैंले गरेको थिएँ । जुन कुरा अब एनआरएन अमेरिकाबाट सम्पन्न हुने कुरामा म विश्वस्त छु ।
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रतिक्रिया