राप्रपा नेपालले बनायो जनसंघर्ष समिति
इनेप्लिज
२०७१ पुष २८ गते १६:४२ मा प्रकाशित
काठमाडौँ, २८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष कमल थापाको अध्यक्षतामा जनसंघर्ष समिति गठन गरेको छ ।
केन्द्रीय पदाधिकारी, कार्य सम्पादन समितिका सदस्य, विभागीय प्रमुख सम्मिलित सो समितिले निर्धारित समयमा संविधान जारी गराउन दबाबमूलक कार्यक्रम तय गर्ने छ ।
यही पुस २५ गतेदेखि सुरु भएको सो बैठकले जनताको चाहना र राजनीतिक दलको प्रतिबद्धता हुँदाहुँदै पनि निर्धारित समयमा संविधान बन्ने सम्भावना समाप्त भएको निष्कर्ष निकालेको सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा छलफल तथा वर्तमान अवस्थामा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गरिएको थियो ।
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
प्रतिक्रिया