उपत्यका बन्द फिर्ता लिन महासंघको आग्रह
काठमाडौँ, २८ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग व्यवसायका साथै सर्वसाधारणलाई प्रतिकूल असर पर्ने गरी केही राजनीतिक दलले मंगलबारका लागि आह्वान गरेको बन्द–हडतालप्रति असहमति जनाउँदै त्यस्ता सम्पूर्ण कार्यक्रम फिर्ता लिन सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।
संवाद, सहकार्य र सहमतिबाटै सबै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिँदै महासङ्घले वर्षौंदेखिको नेपाली जनताको आर्थिक–सामाजिक प्रगतितर्फ उन्मुख हुने चाहनालाई पूरा गर्न तथा नयाँ संविधान निर्माणको वातावरण बनाउन बन्द आह्वानकर्ता समूहलाई अनुरोध गरेको छ ।
महासङ्घले आज विज्ञप्ति जारी गरी दैनिक १२ देखि १४ घन्टा विद्युत्भार कटौतीको मार खेपिरहेको र अहिले पनि लगानीको पूर्ण वातावरण बन्न नसकेको अवस्थामा गराउन बन्दहडतालले थप समस्या सिर्जना गर्ने भएकाले बन्दका सम्पूर्ण कार्यक्रम तत्काल फिर्ता लिन आग्रह गरेको छ ।
बन्दहडतालका कार्यक्रमको साटो विरोधका अन्य रचनात्मक र दबाबमूलक कार्यक्रम ल्याउन आग्रह गर्दै महासङ्ले जनताको स्वतन्त्र रूपमा हिँड्डुल गर्ने र पेसाव्यवसाय गर्न पाउने नैसर्गिक अधिकार सुनिश्चित हुने वातावरण निर्माण गरिदिन सरकार र प्रमुख राजनीतिक दलसमक्ष माग गरेको छ ।
सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता सम्बन्धि अनुरोध ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
प्रतिक्रिया