सहमतिमा नयाँ संविधान जारी गर्ने सम्भावना क्षीण: एमाले
काठमाडौँ, २८ पुस । नेकपा (एमाले)ले सहमतिमा नयाँ संविधान जारी गर्ने सम्भावना क्षीण देखिए पनि प्रयास भने जारी रहेको जनाएको छ ।
नेकपा (एमाले) संसदीय दलको आज सिंहरबारमा भएको बैठकमा अध्यक्ष केपी ओलीलगायत उक्त दलका शीर्षनेताले संविधानका अन्तरवस्तुमा सहमति खोज्न दलहरुबीच भइरहेको प्रयासबारे जानकारी दिँदै सो कुरा बताउनुभएको हो ।
“माघ ८ गतेभित्रै संविधान जारी गर्ने प्रयासमा हामी छौँ, वार्ता र सम्वादमार्फत सहमतिका लागि निरन्तर प्रयत्न भइरहेको छ, अहिलेसम्मको प्रगतिलाई विश्लेषण गर्दा सहमतिको नाममा धेरै समय खेर फालिएको महसुस भएको छ”–अध्यक्ष ओलीले भन्नुभयो ।
निर्धारित समयमा संविधान जारी गर्न आफूहरु इमान्दारीपूर्वक लागेको स्पष्ट गर्दै उहाँले आफूहरुको सोझोपनका कारण वर्तमान परिस्थिति उत्पन्न भएको बताउनुयो ।
सम्पूर्णरुपमा सहमतिको सम्भावना नरहेकाले सहमतिको प्रयास विफल भए प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्ने अपरिहार्यता दोहो¥याउँदै अध्यक्ष ओलीले सम्भव भएसम्म सर्वसम्मत नभए धेरैको समर्थन प्राप्त गर्ने र त्यसो पनि हुन नसके प्रक्रियामा गएर छिनोफानो गर्नुपर्ने तर्क गर्नुभयो ।
सहमतिको प्रयास धरापमा परिसकेकाले संविधानसभाबाट संविधान जारी गर्न नदिने जुनसुकै शक्तिको प्रयासलाई असफल तुल्याउन दृढता व्यक्त गर्दै उहाँले संविधान जारी गरेर मात्र संविधानसभा भङ्ग हुने बताउनुभयो ।
राष्ट्रियता, देशभक्ति र जनहितका पक्षमा सधैँ उभिँदै आएको आफ्नो दल कसैको धम्कीबाट विचलित नहुने स्मरण गराउनुभयो । पहाड र तराईलाई छुट्याउने गरी हुने प्रदेश निर्माण आफूहरुलाई कदापि मान्य नहुने बताउँदै ककसलगायत सङ्घसंस्थामा नअल्झी पार्टीको सिद्धान्तमा एकढिक्का भएर भूमिका निर्वाह गर्न सभासद्हरुलाई निर्देशन दिनुभयो ।
वरिष्ठ नेता झलनाथ खनालले माघ ८ भित्र संविधान जारी गर्न स्वदेश तथा विदेशमा रहेका राष्ट्रप्रेमीबाट दबाब आइरहेको जानकारी दिनुभयो ।
सहमतिमा पुग्ने सम्भावना अत्यन्त क्षीण रहेको, आशावादी हुने ठाउँसमेत नरहेको बताउँदै उहाँले उत्तर–दक्षिण हुने गरी प्रदेश निर्माण गर्नु नै बुद्धिमानी हुने तर्क गर्नुभयो । भौगोलिक र जलाधारको हिसाबले पनि पहाड र तराई जोडिएको प्रदेश व्यावहारिक हुने विचार व्यक्त गर्दै नेता खनालले जातीयतामा आधारित भएर राज्य निर्माण गर्ने तथा मधेस र पहाडलाई छुट्याउने प्रवृत्तिसँग सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सहमति कायम हुन नसकेमा सबै दलका आ–आफ्ना प्रस्तावअघि बढ्ने भएकाले दलभित्र सबै एकताबद्ध भएर अग्रसर हुनुपर्ने बताउँदै उहाँले ककसले सकस निम्त्याउने भएकाले त्यसमा नअल्मलिन सुझाव दिनुभयो ।
बैठकमा विचार व्यक्त गर्ने अधिकांश नेता तथा सभासद्ले माघ ८ भित्रै संविधान जारी गर्नुपर्ने, निर्वाचन प्रणालीलाई समावेशी बनाउनुपर्ने बताउँदै मधेसका नाममा उठेका अधिक प्रश्न त्यहाँका जनताको हितमा होइन, जमिन्दारी कायम गर्न हो भन्ने सबैलाई बुझाउन आवश्यक भएको सुझाव दिनुभएको थियो ।
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
ट्रम्पले आफू बिरुद्ध मतदान गरेकी अलास्काकी सिनेटर बिरूद्ध अभियान चलाउने चेतावनी
अमेरिकामा १ करोड २४ लाख ४७ कोरोनाबाट मुक्त,८ करोड ७९ लाख १२ हजारले खोप लगाए
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
प्रतिक्रिया