बुधबार, कार्तिक १२ २०७७
काठमाडौं १३:३३
वासिङटन डिसी 03:48

जनकपुरमा एक आन्दोलनकारीको मृत्यु

इनेप्लिज २०७१ पुष २८ गते ९:४१ मा प्रकाशित

जनकपुरधाम, २८ पुस । तीस दलीय गठबन्धनद्वारा आह्वान गरिएको मधेस बन्दका क्रममा जनकपुरमा आज एक आन्दोलनकारीको मृत्यु भएको छ ।

मृत्यु हुने महोत्तरी जिल्लाको एकराही घर भई जनकपुर उपमहानगरपालिका वडा नं ४ उत्तिमपुर बस्ने ३० वर्षीय राजाराम झा हुन् । प्रहरीले प्रहार गरेको लात्ती अण्डकोषमा परेपछि झा अचेत भएका थिए । बिहान ११ः४५ तिर जनकपुरको भमरपुरा चोकमा खुलेका पसल बन्द गराउँदै हिँडेकाहरुमाथि प्रहरी जाइ लागेको थियो ।

प्रहरीले भ्यानमा राखी उपचार गराउन जनकपुर अञ्चल अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको अस्पतालका चिकित्सकहरुले बताएका छन् ।

मृतक झा एनेकपा (माओवादी)का कार्यकर्ता भएको बुझिएको छ ।    पेसाले उनी रिक्साचालक हुन् । प्रहरीले झाको मृत्यु  कुटाइबाट नभएर हृदयाघातबाट भएको बताएको छ ।

आन्दोलनकारीले यो घटनालाई लिएर अनिश्चितकालीन धनुषा बन्दको आह्वान गरेका छन् ।

झाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । आन्दोलनकारीले अस्पताल हाताभित्र नारा जुलुस गरेर प्रहरी कारवाहीप्रति विरोध दर्शाएका छन् ।

प्रतिक्रिया