शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०८:०१
वासिङटन डिसी 22:16

बन्दका क्रममा भद्रपुरमा झडप

इनेप्लिज २०७१ पुष २८ गते ८:४५ मा प्रकाशित

बनियानी (झापा), २८ पुस । एकीकृत नेकपा (माओवादी) सहित मधेसी मोर्चाको ३० दलीय गठबन्धनले आह्वान गरेको बन्दका क्रममा आज झापाको सदरमुकाम भद्रपुरमा बन्दकर्ता र व्यापारीबीच झडप भएको छ ।

झडपमा बन्दकर्ता रञ्जितकुमार सिन्हा घाइते भएका छन् ।  झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीबजार बन्द गराउने क्रममा झडप भएको थियो ।

बन्दकर्ताको समूहले बजार बन्द गराउन आएपछि चन्द्रगढीका व्यापारीहरु बन्दको विरोधमा उत्रिएपछि दुवै समूहबीच झडप भएको थियो । झडपपछि अहिले चोक–चोकमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने हाल चन्द्रगढीका पसल बन्द रहेका छन् ।

व्यापारिक समूहले गरिखान नदिने प्रवृत्ति अन्त्य गर, व्यापारिक ऋण तिरिदे, बालबच्चा पालनपोषणको जिम्मा लिई अनिमात्र बन्द गर भन्दै चर्का नाराबाजी गर्दै प्रतिकार पनि गरेका थिए ।

प्रतिक्रिया