तीन सशस्त्र प्रहरी गम्भीर घाइते
लहान, २८ पुस । पूर्व पश्चिम सडकअन्तर्गत सिरहाको लहान नगरपालिका–१२ भोटिया टोलमा गस्तीमा रहेको सशस्त्र प्रहरीको भ्यानलाई बसले ठक्कर दिँदा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानमा कार्यरत तीनजना सशस्त्र प्रहरी गम्भीर घाइते भएका छन् ।
काठमाडौँबाट धरानका लागि हिँडेको ना.१ख ७०४४ नंको यात्रुवाहक रात्रि बसले सशस्त्र प्रहरी चढेको ना.१झ ६७९ नंको भ्यानलाई आज बिहान ६ बजे ठक्कर दिँदा सशस्त्र प्रहरी घाइते भएका हुन् । प्रहरीका अनुसार घाइते हुनेमा सुनसरीको धरान–३ टीका विक, सप्तरी रुपनगरका मानबहादुर श्रेष्ठ, भोजपुरका केशव पराजुली रहेका छन् ।
घाइते तीनैजनालाई विराटनगरस्थित न्युरो अस्पताल लगिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो । प्रहरीको भ्यानलाई ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक फुँयालले बताउनुभयो ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया