मोर्चाको बन्दका कारण जनजीवन प्रभावित
वीरगन्ज (पर्सा), २८ पुस । विपक्षी ३० दलीय मोर्चाले आह्वान गरेको मधेस बन्दको कारण आज बिहानैबाट यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दका कारण वीरगन्जसहित आसपासको जनजीवन प्रभावित भएको छ भने सर्वसाधारणले सास्ती झेल्न परेको छ ।
बन्दका कारण यहाँबाट बाहिरिने सबै लामो दूरीका सवारी साधन ठप्प भएका छन् भने छोटो दूरीका सवारीसाधनमा पनि सञ्चालनमा आउन नसक्दा काम विशेषले हिँडेका यात्रुको बिचल्ली भएको छ । बन्दका कारण शैक्षिक संस्था र उद्योगधन्दा पनि ठप्प भएका छन् । प्रेस, विवाह तथा एम्बुलेन्स र दमकलबाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको विपक्षी मोर्चाका पर्सा जिल्ला संयोजक मधेसी जनअधिकार फोरम पर्साका अध्यक्ष प्रदीप यादवले बताउनुभयो ।
उहाँले आज एक दिनका लागि शैक्षिक संस्था र कलकारखाना पनि बन्द आह्वान गरिएको बताउनुभयो । बन्द सफल बनाउनका लागि मोर्चाका कार्यकर्ता बिहानैबाट सडकमा उत्रिएका छन् । शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी प्रत्यक्ष मारमा परेको अभिभावकले बताएका छन् । उद्योगधन्दा बन्द हुँदा आफूहरूलाई करोडौँको घाटा लाग्ने वीरगन्जका उद्योगी अशोक वैद्यले बताउनुभयो ।
संविधानसभाबाट सहमतीय प्रक्रियाबाट नै संविधान जारी गर्नु लगायतका विभिन्न माग राख्दै विपक्र्षी मोर्चाले आज मधेससहित थरूहट बन्दको आह्वान गरेको हो । बन्द भएको थाहा नपाएर भारतबाट नेपाल छिरेका यात्रु तथा पर्यटकको पनि सीमा क्षेत्रमा बिचल्ली भएको छ ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया