चारजनाको परिवार पाल्दै नेत्रहीन
पथरी, २८ पुस । इच्छा शक्ति भए शारीरिक असक्षमताले केही फरक पार्दैन भन्ने कुरालाई विराटनगरका ३८ वर्षीय चिरञ्जीवी शर्माले चरितार्थ गर्नुभएको छ ।
विराटनगर–८ शनि मन्दिर रोडमा बस्दै आएका शर्मा जन्मदै दृष्टिविहीन भएपनि दैनिक कठोर शारीरिक श्रम गर्नुहुन्छ । उहाँ नियमित रूपमा विराटनगरको रोड शेषचोकबाट भारी बोकेर जनआन्दोलन चोकमा रहेको होलसेल पसलमा अर्डरको सामान पु¥याउन जाने गर्नुहुन्छ । उहाँ दैनिक जोखिमपूर्ण अवस्थामा भारी बोकेर विराटनगरको मेनरोडका विभिन्न किराना पसलमा सामान पु¥याउनुहुन्छ ।
शर्माले सीमावर्ती बजार जोगवनीबाट होलसेलमा सामान खरिद गरेर विराटनगरका व्यापारीलाई सामान सप्लाइ गर्ने काम गर्दै आउनुभएको छ । परिवारको गर्जाे टार्न उहाँले यस्तो कठोर श्रम गर्नु परेको बताउनुहुन्छ । उहाँका अनुसार पैतृक सम्पत्तिको नाममा शनिमन्दिर रोडमा रहेको चारधुर जग्गामा तीनजना दाजुभाइको परिवारको बसोबास छ । शर्माका १३ वर्षीया एक छोरी र १० वर्षीय छोरा छन् । आफूले संसार देख्न नपाए पनि कठोर शारीरिक श्रम गर्दै छोराछोरीलाई विराटनगरकै एभरेस्ट बोर्डिङ स्कुलमा अध्यापन गराउँदै आएका छन् ।
सो स्कुलले दुईमध्ये एकजनालाई निःशुल्क गरीदिएको शर्माले बताउनुभयो । आफू दृष्टिविहीन भए पनि राज्यबाट पाइने सेवासुविधा आफूले पाउन नसकेको शर्माको भनाइ छ । दृष्टिविहीन शर्माको क्षमता र पौरख देखेर उहाँसँग सामान खरिद गर्ने व्यापारीसमेत छक्क पर्ने गरेका छन् ।
शर्मासँग दैनिक सरसामान खरिद गर्ने हिमालय रोडनजिक पसल रहेका व्यापारी प्रेम प्रधान शर्माको क्षमताको प्रशंसा गर्नुहुन्छ । शर्मा प्रत्येक हप्ताको शनिबार र मङ्गलबार विराटनगरस्थित मेनरोडमा रहेका व्यापारीलाई कागती र खोर्सानी उनेर बनाएको मालासमेत बेच्ने गर्नुहुन्छ ।
उहाँको यो काममा शर्माको श्रीमती र छोराछोरीले सघाउने गरेका छन् । दृष्टिविहीन भएर पनि आफ्नै पौरखले आफूसहित परिवारको पालनपोषण गर्दै बालबालिकालाई समेत राम्रो शिक्षादीक्षा दिलाइरहेका शर्मा दृष्टि भएकाका लागिसमेत प्रेरणाका स्रोत बन्दै आउनुभएको छ ।
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया