पत्रकार उमा सिंहको स्मृति दिवस मनाइयो
जनकपुरधाम, २८ पुस । पाँच वर्षअघि हत्या गरिएका पत्रकार उमा सिंहको छैटौँ स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी हिजो यहाँ मनाइयो ।
स्थानीय रेडियो टुडेमा कार्यरत पत्रकार सिंहको २०६५ पुस २७ गते जनकपुर–१४ रजौलस्थित डेरामा बसिरहेको बेला अपराधीले धारिलो हतियार प्रयोग गरी निर्ममतापूर्वक हत्या गरेका थिए ।
यसैगरी स्वर्गीय उमासिंहको छैटौँ स्मृति दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले ‘पत्रकारिता र सुरक्षा’ विषयक विचार गोष्ठीको आयोजना गरेको छ ।
महासङ्घका धनुषा अध्यक्ष अनिलकुमार मिश्रको सभापतित्वमा भएको गोष्ठीमा महासङ्घका केन्द्रीय सदस्य अजय अनुरागी, निवर्तमान जिल्ला अध्यक्ष रामअशीष यादव, पार्षद् विएम खनाल, पत्रकार रामभरत साह, मधेसी पत्रकार समाजका केन्द्रीय सचिव आतिश मिश्रलगायतले पत्रकारले झेल्नुपरेका समस्याका साथै उनीहरूको हकहितका लागि सबै एकजुट हुनु पर्नेमा जोड दिनुभएको थियो । रासस
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत
पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
मेरिल्याण्डमा डिसीका १२ बर्षिय किशोरलाई गोली चलाई हत्या गरेको अभियोगमा पक्राउ
जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने
प्रतिक्रिया