आफ्नै गाविसको कार्यालयमा जान बास बस्नुपर्ने
सोलुखुम्बु, २८ पुस । सोलुखुम्बु वाकु गाविस–४ सिबुचेका बासिन्दालाई भौगोलिक विकटताले गर्दा आफ्नै गाविस भवनसम्म पुग्नका लागि पनि बास बस्नुपर्दछ ।
गाविसको सेवासुविधा लिनका लागि आफूहरुलाई समस्या भएको उनीहरुको भनाइ छ । आफ्नै गाविस भवन पुग्नका लागि दुई दिनको समय लाग्ने भएकाले अबको समयमा वाकुको सिबुचेलाई जुभिङ गाविसमा गाभ्न पाएमा सिबुजेवासीलाई सहज हुने स्थानीय बासिन्दा बताउँछन् ।
आफ्नै गाविसको भवनसम्म पुग्नका लागि एक दिनभन्दा बढी समय खर्च गर्नुपर्ने अवस्थाले गर्दा धेरै समस्या भइरहेको वाकु–४ सिबुचेका पासाङ नुरु शेर्पाको भनाइ छ । उहाँ भन्नुहुन्छ– “आफ्ना गाविस जानुभन्दा धेरै नजिक जुभिङ गाविस पर्छ । सिबुजे गएर कामकाज गरेर आउनका लागि त कम्तीमा तीन दिनको समय खर्च गर्नुपर्छ ।”भोट हाल्न जाँदा बास बस्नु परेको, गाविसको सिफारिस लिएर घर फर्कदा तीन दिन लागेको, गाविस सचिव नभेट्दा दुई दिन हिँडेपछि फर्केर आउनु परेको, यी र यस्ता थुप्रै समस्या यहाँका स्थानीय बासिन्दाले भोगिरहेका छन् ।
वाकु गाविस–४ को यो बस्तीलाई जुभिङ गाविससँग गाभ्नका लागि अहिले आएर मात्र महसुस भएको होइन, पञ्चायतकालीन समयदेखि नै पटक–पटक गाउँ भेला गरी निर्णयसमेत गरेर पठाएको सिबुचेका पासाङ नुरु शेर्पा स्मरण गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ–“हामीले पटकपटक हामीलाई गाविस भवन पुग्नका लागि समस्या भयो भनेर माग गरेका नै हौँ तर हाम्रो माग सुनुवाइ नै भइरहेको छैन ।” तर हालसम्म भएका प्रयास सबै खेर गएका छन् ।
उनीहरुका अनुसार सिबुचेलाई जुभिङसँग गाभ्न सकेको खण्डमा राज्यबाट पाउने सेवासुविधासमेत प्राप्त गर्न सजिलो हुन्छ । गाविसको कार्यालयदेखि टाढाको दूरीमा रहनु परेको कारण उनीहरुले राज्यबाट लिनुपर्ने सेवासुविधासमेत लिन पाएका छैनन् । सिबुचेबासीले जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ताजस्ता पञ्जीकरणसम्बन्धी काम गरेका छैनन् भने मालपोत करसमेत बुझाएका छैनन् । गाविसको जिम्मेवारी लिएका गाविस सचिव पनि हत्तपत्त त्यो गाउँमा नपुग्ने गरेको स्थानीयवासीको भनाइ छ ।
हालसम्म दुर्गम भेगका जनताका लागि सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको चामल र नुनको स्वाद यहाँका बासिन्दाले लिन नपाएको स्थानीय बासिन्दा पासाङ नुरु शेपा बताउनुहुन्छ ।
गाविसबाट प्रदान गरिने सेवासुविधा सिबुचेसम्म कमै पुग्ने गरेको छ । सबैभन्दा समस्या उनीहरुलाई बालबालिकालाई लगाउने खोपमा भएको छ । बालबालिकालाई खोप लगाउन उपस्वास्थ्य चौकीसम्म पुग्न दुई दिन लाग्छ । जङ्गलको बाटो भएकाले महिलाले एक्लै बच्चा बोकेर हिँड्न सक्दैनन् । वाकुकी सोनाफुटी शेर्पा भन्नुहुन्छ–“टाढा भएकाले गाउँका एक÷दुईबाहेक धेरै बालबालिकाले खोप नै पाउँदैनन् ।”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया