आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ११:०९
वासिङटन डिसी 01:24

डिसीमा एमआरपी सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

इनेप्लिज २०७१ पुष २८ गते २:४४ मा प्रकाशित

DSC05112

 

अमेरिका नेपाल सोसाइटीको आग्रहमा नेपाली राजदुताबास वासिङ्टन डिसी र अमेरिका नेपाल सोसाइटीले संयुक्तरुपमा मेसिन रिडेबल पासपोर्ट सम्बन्धी कार्यशाला गोष्ठीभर्जिनिया को अर्लिङ्टन लाइब्रेरीको सभाकक्षमा जनवरी १०, २०१५ मा भब्यताका साथ सम्पन्न गरेको छ ।

सोसाइटीका सभापति जीवन तिवारीको सभापतित्वमा कार्यक्रम भएको थियो भने अमेरिकाका लागी कार्यबाहक राजदुत ऋषि राम घिमिरेले प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि ऋषी राम घिमिरेले अमेरिका नेपाल सोसाइटीले मेसिन रिडेबल पासपोर्ट सम्बन्धी अत्यन्त समसामयिक बिषयमा कार्यशाला गोष्ठी आयोजना गरेर नेपाली राजदुताबासलाई पनि सहभागी हुने अबसर प्रदान गरेकोमा खुशी ब्यक्त गर्नु भयो l

र ,यो अन्तरक्रियात्मक कार्यक्रमबाट अाम सेवाग्राहीमा रहेको अन्योल हट्ने र समय सीमा भित्र मेसिन रिडेबल पासपोर्ट बनाउने कार्यमा दुबै सेवाग्राही र सेवा प्रदायकलाई सहज हुने धारणा ब्यक्त गर्नु भयो ।

उहाँले मेसिन रिडेबल पासपोर्ट बनाउदा ख्यालगर्नुपर्ने कुराहरुको जानकारीदिदै हाल देखिएका बिभिन्न त्रुटीहरूको बारेमा चर्चा गर्नुभयो। मुख्यतया राहदनी बनाउने क्रममा प्राबिधिक यन्त्रिक जटिलता, ब्यक्तिगत लापर्बाही र लक्षित समुह सम्म सुचना सम्प्रेषण नै मुख्य समस्याका रुपमा देखिएको उदाहरण समेत दिनुभएको थियो ।

सहभगीहरूलाई दुताबासको वोबसाइटमा बिभिन्न समयमा जारी गरिएका राहदानी सम्बन्धी सुचना मुलक बिज्ञप्ति हेर्न र उल्लेख गरिएका बुंदाहरू ख्याल गरे मात्रै पनि पासपोर्ट बनाउदा हाल देखिएको निबेदन अस्वीकृत हुने बिधमान समस्याबाट निकै हद सम्म मुक्त हुन सकिने चर्चा गर्नुभयो ।

अन्तरक्रियात्मक कार्यक्रमलाई अमेरिका नेपाल सोसाइटीका संचार संयोजक सुजित अर्यालले सहजिकरण गर्नु भएको थियो l जिज्ञासाहरूको उत्तर दिने काम कार्यबाहक राजदुत ऋषी राम घिमिरे तथा दुताबासका लेखनाथ गौतम र हाकिम भण्डारीले संयुक्तरुपमा दिनु भएको थियो ।

उक्त अबसरमा उहाँहरूले राहदानी बनाउनका लागी आबश्यक साइजको फर्म बितरण गर्नुका साथै रित पुगेका निबेदनहरू संकलन समेत गर्नु भएको थियो ।

प्रथम उपाध्यक्ष चन्द्र प्रकाश बरालले स्वागत भाषण गरेका थिए भने कार्यक्रम सन्चालन महासचिब प्रेम पौडेलले गरेका थिए lसभापति जीवन तिवारीले कार्यक्रमको समापन गर्दै सहभागी हुनु भएका प्रमुख अतिथि ,अमेरिकाका लागी नेपाली राजदुताबासको टीम ,उपस्थित सहभागी तथा संचार कर्मीलाई धन्यवाद दिएका थिए l र ,सोसाइटीले आगामी दिनहरूमा यस्तै अन्य कार्यक्रमहरूमा सबैको सक्रिय सहभागीताको अपेक्षा गर्दै सभा बिसर्जन गरेका थिए l

DSC05115

DSC05106-300x199

DSC05082

DSC05076

 

प्रतिक्रिया