कालिका मन्दिरको साधरण सभा
शक्तिखोर २७ पुस
शक्तिखोर–८ मा रहेको कालिका भगवती मन्दिर व्यवस्थापन समितिको दोश्रो साधरण सभा आज सम्पन्न भएको छ । साधरण सभाले मन्दिरको व्यवस्थापनको लागि जीर्ण वनेको कालिका मन्दिरको पूर्ननिर्माण गर्ने,धार्मिक वनमा वृक्षारोपण गर्ने, मन्दिरको आम्दानी बढाउन बनभोज स्थाल बनाउने निणर्य गरेको अध्यक्ष इमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जिल्ला वन कार्यायका सहायक वन अधिकृत बन्धुराम महतो प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा कोषाध्यक्ष प्रविण प्रसाद बास्तोलाले आर्थिक बर्ष २०७०÷७१ को आयव्याय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मन्दिरका आजिवन सदस्यहरुलाई सदस्य प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष श्वर बहादुर अधिकारी,समितिका सचिव दिपक ढुंगाना,शक्तिखोर गाविसका सचिव अर्जुन पंगेनी,प्रचारप्रसार समितिका संयोजक लेखनाथ भट्ट,पत्रकार शिशिर सिंखडा लगायतले वोल्नुभएको थियो ।
कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इमप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया