सोमबार, कार्तिक १० २०७७
काठमाडौं २१:५७
वासिङटन डिसी 12:12

अन्तिम समयसम्म सहमतिको प्रयास जारी रहने, नेताहरु के भन्छन् ?

इनेप्लिज २०७१ पुष २७ गते १६:३३ मा प्रकाशित

pradip-gyawali

काठमाडौँ, २७ पुस । संविधान जारी हुने अन्तिम समयसम्म सहमतिको प्रयास जारी रहने दलका नेताहरुले बताएका छन् ।

आज रिपोर्टर्स क्लबमा बोल्दै नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले सबै राजनीति दलले आफ्नो घोषणापत्रमा एक वर्षभित्र संविधान दिन्छु भन्ने र अहिले विभिन्न बहाना बनाएर संविधान सभालाई असफल गर्न खोजिएको आरोप लगाउनुभयो ।

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले संविधान मुलुकका लागि बन्ने भन्दै आफ्नो व्यक्तिगत स्वार्थलाई छाड्न विपक्षी दललाई आग्रह गर्नुभयो ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का नेता रामजनम चौधरीले कैलाली र कञ्चनपुरलाई अखण्ड सुदूरपश्चिम बनाए आफूलाई मान्य नहुने बताउनुभयो ।

सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले देशमा छ वटा संविधान आउने÷जाने गरेको अवस्थामा सहमतिको आधारमा नै संविधान दिनुपर्छ भन्नुभयो ।

प्रतिक्रिया