राष्ट्रपति डा यादवद्वारा श्रीलङ्काली राष्ट्रपतिलाई बधाई
इनेप्लिज
२०७१ पुष २७ गते १६:३० मा प्रकाशित
काठमाडौँ, २७ पुस । राष्ट्रपति डा रामवरण यादवले श्रीलङ्काको राष्ट्रपतिमा मिथारिपाला सिरीसेना निर्वाचित हुनुभएकामा हार्दिक बधाई दिनु भएको छ ।
राष्ट्रपति यादवले उहाँलाई नेपाल सरकार, नेपाली जनता र स्वयम् आफ्नातर्फबाट आज एक बधाई सन्देश पठाउँदै श्रीलङ्काको राष्ट्रपतिको उच्च पदमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको हो ।
सन् १९५७ जुलाईमा नेपाल र श्रीलङ्कबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै मुलुकबीच सौहार्दपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै उहाँले राष्ट्रपति सिरीसेनाको सवल नेतृत्वमा त्यो सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
सन्देशमा राष्ट्रपति यादवले श्रीलङ्काली आफ्ना समकक्षीको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुका साथै श्रीलङ्काका जनतामा शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया