राष्ट्रिय महिला भलिबल
काठमाडौँ, २७ पुस । राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा नेपाल प्रहरी क्लब र ससस्त्र प्रहरी बल (एपिएफ) सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सो प्रतियोगितामा नेपाल प्रहरी क्लबले ढोरपाटन स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो ।
त्यस्तै एपिएफले भने चण्डेश्वरी युवा क्लबलाई ३–० को सोझो सेटमा नै पाखा लगाउँदै सेमिफाइनलमा आफनो यात्रा सुनिश्चित गर्यो । प्रहरीले ढोरपाटनलाई २५–६, २५–६ र २५–७ को सोझो सेटमा पाखा लगाएको थियो ।
एपिएफले भने चण्डेश्वरीलाई २५–७ र २५–७ र २५–८ सेटले पराजित गर्यो । सेमिफाइनल भिडन्तमा प्रहरीले पश्चिमाञ्चलसँग भिड्नेछ भने एपिएफले न्यू डाइमण्ड क्लबको सामना गर्नेछ ।
यसैगरी सोही स्थानमा आजै भएको अर्को खेलमा पश्चिमाञ्चलले न्यू डाइमण्ड क्लबलाई ३–२ सेटले पराजित गर्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पश्मिाञ्चलले पहिलो र दोस्रो सेट २५–२३ र २५–२२ ले लगातार आफनो पक्षमा पारेता पनि तेस्रो र चौथो सेट भने न्यू डाइमन्डले २५–२२, २५–१३ ले जित्यो ।
त्यस्तै खेलको अन्तिम सेट पश्चिमाञ्चलले न्यू डाइमण्डलाई १५–१२ पराजित गर्दै विजयी भयो । रासस
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया