विद्यालय सञ्चालन गरी ठगी गर्ने तीन पक्राउ
इनेप्लिज
२०७१ पुष २७ गते १५:२५ मा प्रकाशित
काठमाडौँ, २७ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गुरुकुल नेसनल उच्च माध्यमिक विद्यालय सञ्चालन गरी ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
विगत तीन वर्षदेखि गौशलामा उक्त मावि सञ्चालन गर्दै आएका निर्देशक महोत्तरी जलेश्वर–५ घर भई हाल काठमाडौँ कपन बस्ने ४३ वर्षीय सुजित सिंह, प्रशासकीय प्रमुख काठमाडौँ थापागाउँका ३१ वर्षीय सरोज राना मगर र सर्लाही भक्तिपुर–८ घरभई हाल नयाँवानेश्वर बस्ने ३६ वर्षीय मनोजकुमार आचार्यलाई पक्राउ गरिएको हो ।
अभियुक्तले उच्च माविको सेयर दिने, दिलाउने भनी रकम लिएको तथा शिक्षक, कर्मचारीहरुलाई दिनुपर्ने पारिश्रमिक नदिइ झुक्याइ ठगी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको थियो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया