संविधानका लागि पत्रकारको दबाब
इनेप्लिज
२०७१ पुष २७ गते १४:५९ मा प्रकाशित
महोत्तरी, २७ पुस । तोकिएको समयमै नयाँ संविधान जारी गर्न दबाब दिने उद्देश्यले आज महोत्तरीका पत्रकारहरुले मौन र्याली निकालेका छन् ।
नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको अगुवाइमा भएको सो र्यालीमा ३० भन्दा बढी पत्रकारको सहभागिता थियो ।
र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष ईश्वरी पौडेलले नेपाली नागरिकसँग आफैंँले गरेको बाचा नभुल्न दलका नेतालाई आग्रह गर्नुभयो ।
कोणसभालाई सामुदायिक वन उपभोक्ता महासङ्घ महोत्तरीका अध्यक्ष कुमार घिमिरे, भूमि अधिकार मञ्चका जिल्ला सचिव राजकुमार बस्नेतलगायतले सम्बोधन गर्नुभएको थियो । रासस
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया