बेलायती प्रधानमन्त्रीको अमेरिका भ्रमण
वासिङ्टन, २७ पुस । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन यसै हप्ता अमेरिकाको औँपचारिक भ्रमणमा जानु हुँदैछ ।
अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसले गत शनिबार जनाएअनुसार उहाँले राष्ट्रपति बाराक ओबामासँग दुवै देश सम्बन्धी थुप्रै विषयमा छलफल गर्नुहुने छ ।
आगामी जनवरी १५ देखि १६ सम्मलाई निर्धारण गरिएको उक्त भ्रमण कार्यक्रममा राष्ट्रपति ओबामाले स्वागत गर्नुहुने र बेलायत तथा अमेरिकी जनताबीच सयौँ वर्षदेखि कायम रहेको प्रगाढ सम्बन्धलाई चिरस्थाई बनाउने समेत जनाइएको छ ।
प्रधानमन्त्री क्यामरुनलाई राष्ट्रपति ओबामाले ह्वाइट हाउसको ओभल अफिसमा १५ जनवरीको बेलुका रात्रिभोजको आयोजना गर्नुहुने र १६ जनवरी बिहानदेखि औपचारिक बैठक सुरु हुने बताइएको छ ।
दुई शीर्षस्थ नेताबीच आर्थिक वृद्धि, अन्तर्राष्ट्रिय व्यापार, साइबरसेक्युसिटी, इरानसम्बन्धी मामिला, आइएस आइएलको गतिविधि उपर निगरानी र आतङ्कवाद विरुद्धको सहकार्य, इबोला भाइरसबाट मुक्ति, युक्रेनमा रसियाले गरेको ज्यादती इत्यादीबारे विस्तृत र गहन विषयमा छलफल गरिने समेत ह्वाइट हाउसबाट प्रकाशित विज्ञप्तिमा जनाइएको छ । एजेन्सी
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत
पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
मेरिल्याण्डमा डिसीका १२ बर्षिय किशोरलाई गोली चलाई हत्या गरेको अभियोगमा पक्राउ
जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने
प्रतिक्रिया