शनिबार, कार्तिक १५ २०७७
काठमाडौं १०:४२
वासिङटन डिसी 00:57

पृथ्वी जयन्तीमा पूर्व माओवादी लडाकुले पनि मनाए

इनेप्लिज २०७१ पुष २७ गते १२:४६ मा प्रकाशित

prithwai

२०७१ पौष २७ आईतवार

पृथ्वीनारायण शाहको २९३ औं पृथ्वीजयन्ती गोरखामा धुमधाम मनाइएको छ। पृथ्वी जयन्ती मूल समारोह समिति गोरखाको ठूलो आँगनस्थित संग्रहालय परिसरमा स्थापना गरिएको उनकै सालिक रहेको स्थानमा पृथ्वीजयन्ती समारोह मनाइएको हो।

पृथ्वीजयन्तीमा पृथ्वीनारायण शाहको तस्वीर, उनका दिव्योपदेश लेखिएका तुल सहितको जुलुसले ‘गोरखाको शान, पृथ्वीनारायणको सम्मान, राष्ट्रिय एकता दिवसलाई मान्यता देउ’ लगायतका नाराहरु लगाएका थिए ।

नागरिक समाजले पृथ्वीनारायण शाह राजा मात्र नभएर दूरदर्शी नेता भएकाले उनको सदासर्बदा सम्मान गर्नुपर्ने तर्क गरेका थिए । ‘पृथ्वीनारायण शाह गोरखाका राजा हुन्, नेपालका राजा हुन् ।

पृथ्वी जयन्ती मनाउने बिषयमा असहमत राख्दै आएको माओवादीको जनमुक्ति सेनाका पूर्व ब्रिगेड कमाण्डर तथा पूर्व पीएलए संघका अध्यक्ष जनक राना(मुनाल) गोरखामा आयोजित पृथ्वी जयन्ती समारोहमा सहभागी भएका थिए l

‘हुन त पार्टी नेतृत्वको कमाण्डमा पृथ्वीनारायण शाहको सालिक हामीले नै ढालेको हो’ l अहिले बुझ्दा पृथ्वीनारायण शाह देशभक्त रहेछन् ‘उनले भने

प्रतिक्रिया