सात देशका राजदूतको लागि कांग्रेस र नेकपा एमाले बीच भागबण्डा
काठमाडौ, २७ पुस । नेकपा एमाले र नेपाली काँग्रेस बीच लामो समयदेखि रिक्त राजदूत नियुक्तिमा सहमति जुटेको छ ।
लामो समय देखि राजदूत रिक्त रहेको देश भारत ,अमेरिका, बेलायत, कतार लगायतका देशमा राजदूत नियुक्तिबारे काँग्रेस र एमालेबीच सहमति जुटेको स्रोतले बतायो ।
सात देश मध्ये काँग्रेसले चार र एमालेले तीनवटा देशमा राजदूत लिने सहमति भएको स्रोतको दाबी छ ।सहमति अनुसार, भारत र बेलायतमा काँग्रेसले राजदूत पठाउनेछ भने अमेरिका र कतारमा एमालेले राजदूत पठाउने बताइएको छ ।
भारतका लागि काँग्रेस नेता दीपकुमार उपाध्याय चर्चामा छन् भने अमेरिकाका लागि नेपालका राजदूतमा अन्तरिम सरकारका गृहमन्त्री माधव घिमिरेको चर्चा छ ।
यसैगरी, पूर्व सचिव डा गोविन्द कुसुम लगायतको पनि राजदूतमा चर्चा छ । मन्त्रिपरिषद्को आगामी बैठकमा राजदूत नियुक्तिको टुंगो लगाउने सरकारमा सहभागी एमालेका एक मन्त्रीले बताए ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया