बिहीबार, कार्तिक ४ २०७८
काठमाडौं १६:५६
वासिङटन डिसी 07:11

नेपाली दुतावास डिसीमा बिदाई कार्यक्रम सम्पन्न

इनेप्लिज २०७१ पुष २६ गते २१:४६ मा प्रकाशित

DSC05034

नेपाली दुतावास वाशिंगटन डिसीमा जनवरी ९ तारिखका दिन सैनिक सहचारी सहायक रथी जसवन्त शमशेर ज ब रा को सम्मानमा बिदाई कार्यक्रमको भब्यताको साथ सम्पन्न भएको छ l

उक्त बिदाई समारोह कार्यक्रममा विशिस्ट अतिथिहरुको उपस्थिति रहेको थियो भने सैनिक सहचारी सहायक रथी जसवन्त शमशेर जबरा आफ्नो ३ बर्षे कार्यकाल समाप्त गरि स्वदेश फर्कन लाग्नु भएको हो lवहाको सरुवा संगै बढुवा पनि भएको छ भने दरबन्दी काठमाडौँमा रहने भएको जानकारी दुताबासले गराएको छ l उक्त बिदाई समारोहमा कार्यवाहक राजदुत ऋषि राम घिमिरेले जसवन्त शमशेर जबरालाई सफलताको कामना दिनु भएको थियो l

र ,सैनिक सहचारी सहायक रथी जसवन्त शमशेर जबराले नेपाली समुदाय ,राज्य बिभाग तथा सबैलाई धन्यबाद दिदै अमेरिकाबाट आफुले राम्रो चिज लिएर जादैछु भन्दै जीवन भर यहाको सम्झना गर्ने छु भन्नु भयो l

DSC05026

DSC05013

DSC05042

DSC04994

प्रतिक्रिया